सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अफगानिस्तानमा ९५० तालिबान मारिए, ५०० घाइते


  •    न्युजभित्तो/४ श्रावण २०७८, सोमबार १३:५२ 
  • काबुल, ४ साउन (रासस÷एएनआई)। अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० भन्दा बढी तालिबान लडाकूहरु मारिएका छन् । घटनाका कारण अरु पाँच सय भन्दा बढी घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । यो विवरण पछिल्लो चार दिनको भएको बताइएको छ ।

    सुरक्षाकर्मीहरु र तालिबान लडाकूहरुका बीचमा देशका २० भन्दा बढी प्रान्त र सहरमा भिडन्त तथा हिंसात्मक घटना भएको जनाइएको छ । लडाकू समुहले लगातार हिंसात्मक गतिविधिहरु गरिरहेकाले सुरक्षा कारबाही गर्नु परेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
    कतिपय सहर तथा क्षेत्रहरु तालिबान लडाकूहरुको नियन्त्रणमा रहेको दाबी गरिएको छ । ती मध्ये सोर्ख ए पर्सा जिल्लाको पर्वाना र माइलस्तान जिल्लाको घाज्नीलाई सुरक्षाकर्मीहरुले आफ्नो नियन्त्रणमा लिइएको जनाएका छन् । तर चाखान्सुर जिल्लाको मिर्मोजलाइ भने लडाकूहरुले फेरि कब्जा गरेको समाचार श्रोतले जनाएको छ ।

    अफगानिस्तानको उत्तरपूर्वी प्रान्त ताखारमा पनि सुरक्षाकर्मी र तालिबान लडाकूहरुका बीचमा ठूलो भिडन्त भएको थियो । तालिबान लडाकूहरुको नियन्त्रणमा रहेका ठाउँहरुलाई नियन्त्रणमुक्त गर्न सरकारी सुरक्षाकर्मीहरुले प्रयास गरिरहेको अधिकारीहरुले जनाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.