सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिल्लाका ६ पालिकामा मकै प्रबद्र्धन कार्यक्रम प्रभावकारी बन्दै


  •    न्युजभित्तो/२ श्रावण २०७८, शनिबार १८:५४ 
  • चितवन, २ साउन । जिल्लाका ६ पालिकामा मकै उत्पादन प्रबद्र्धन कार्यक्रम प्रभावकारी भएको छ । भरतपुर महानगरपालिका, माडी नगरपालिका पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा यो कार्यक्रम लागू गरिएको हो ।

    भरतपुर महानगरपालिका र माडीको कार्यक्रम कृषि ज्ञान केन्द्र चितवनले हेर्दै आएको छ भने अन्य पालिकाको कार्यक्रम स्थानीय तहलेनै हेर्दै आएका छन् । ज्ञान केन्द्रले सञ्चालन गरेको कार्यक्रम अन्तर्गत २ सय बिगाह क्षेत्रफलमा मकैको हाइब्रिड बिउ उत्पादन गरी साइलेज उत्पादन, १० हेक्टरमा रामपुर कम्पोजिटको बिउ उत्पादन, उत्पादन सामाग्री, विउ मल बिषादी सहयोग, यान्त्रीकरण प्रबद्र्धन, मकै रोप्ने मेसिन, मकै गोड्ने मेसीन र मकै छोडाउने मेसिन अनुदानमा उपलब्ध गराएको छ । यससँगै क्षमता विकासका कार्यक्रमहरु पनि सञ्चालन गरिएको छ ।

    माडी नगरपालिका वडा नम्बर ५ मा १० हेक्टरमा बिउ उत्पादन र भरतपुर महानगरपालिका वडा नम्बर ६ मा साईलेज उत्पादनको काम भएको केन्द्रका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रका दुई पालिकामा गरिएको कार्यक्रम ९५ प्रतिशत सफल भएको छ ।

    यस्तै कालिका, खैरहनी र रत्नगरनगरपालिकामा पनि यो कार्यक्रम प्रभावकारी बनेको ढकालले जानकारी दिनुभयो । खैरहनी नगरपालिकामा ८ सय ४७ हेक्टर क्षेत्रफलमा मकै लगाईएको थियो । अन्य स्थानीय तहहरुले मकै बालि प्रबद्र्धनका लागि रु ४० लाख बिनियोजन गरी काम गरेका थिए ।

    मकै प्रबद्र्धन कार्यक्रम चलिराखेका क्षेत्रमा पछिल्लो समय रत्ननगरमा मकैको घोगामा समस्या देखिएको रत्ननगरका कृषि अधिकृत प्रबिण लामाले जानकारी दिनुभयो । एनएमएच १२४७ नामक बिउमा समस्या आएको हो । मकैको घोगामा दाना लागे पनि थोते भएकाले कृषकहरु मारमा परेको उहाँले बताउनुभयो । पोलेर खान लगाईएको बेमौसी मकैमा समस्या आएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.