सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओलीले बोलाए स्थायी कमिटी बैठक, माधव पक्षलाई पनि खबर पठाइयो


  •    न्युजभित्तो/२ श्रावण २०७८, शनिबार १६:२० 
  • काठमाडौँ, २ साउन । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । आइतबार दिउँसो ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बोलाइएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    तामाङका अनुसार भोलिको आइतबार बस्ने स्थायी कमिटी बैठकले सोमबारका लागि केन्द्रीय बैठक बोलाउने निर्णय गर्ने छ । बैठकमा माधव नेपाल पक्षलाई पनि खबर पठाइएको उनको भनाइ छ ।

    २०७५ जेष्ठ २ गतेकै बैठक बोलाउने गरेका छौं । हामीले सबैलाई खबर गर्ने गरेका छौं । बैठकमा आउनुपर्ने दायित्व र जिम्मेवारी उहाँहरुको हो, उनले भने ।

    शनिबार विहान बसेको नेकपा एमालेका दोस्रो तहका नेताहरुको बैठकले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालेको थियो ।

    बैठकले पार्टी एकताका लागि गठित कार्यदल जुटाएको १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढने निर्णय गरिएको नेता सुवास नेम्वाङको भनाइ छ ।

    शुक्रबार पनि एमालेको स्थायी कमिटी बैठक बसेको थियो। बैठकमा माधव नेपाल पक्षीय नेताहरु भने सहभागी थिएनन् ।

    बैठकले एकता कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै कार्यदल भंग गर्ने निर्णय गरेको थियो ।

    एमाले अध्यक्ष ओलीले एकपक्षीय रुपमा बैठक राखेपछि नेपाल पक्ष थप चिढिएको छ । नेपाल पक्षले भोलिको बैठकमा नजाने बताएको छ । अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच समझदारी निर्माण भएर बोलाइएको बैठकमा मात्र सहभागी हुने नेपाल पक्षको अडान छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.