सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाँकेमा ३ हप्तादेखि पानी परेन, खेतमै सुक्न थाले धान


  •    न्युजभित्तो/२ श्रावण २०७८, शनिबार १६:११ 
  • राँझा,२ साउन । बाँकेमा लामो समयदेखि वर्षात् नभएपछि किसानले खेतमा रोपेको धान सुक्दै गएको छ । करिब तीन सातादेखिको खडेरीले बाँकेको कृषिमा नराम्रो असर परेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए ।

    उनका अनुसार असारको शुरुआतमै राम्रो वर्षात् भए पनि अहिले लामो समयदेखि पानी नपर्दा खेतमा रोपिएको धान सुक्दै गएको छ । पानी अभावमा धान रोपेको खेतमा धजा फाट्दै जाँदा किसान चिन्तित भएका छन् ।

    बाँकेमा हालसम्म ८५ प्रतिशत रोपाइँ भएको छ । वर्षात् नभएका कारण १५ प्रतिशत रोपाइँ हुन बाँकी छ । खडेरीले रोपेको धान सुक्दै गएपछि खजुरा क्षेत्रका किसानले पानी माग्दै पूजासमेत गर्न थालेका खजुरा गाउँपालिका–२ निवासी किसान ताराबहादुर खत्रीले बताए ।

    यहाँ केही दिनभित्रै पानी परेन भने ठूलो भू–भागमा लगाइएको धान सुक्ने अवस्था आएको छ । रोपेको धानले गाँज हाल्ने र बढ्ने बेलामा पानी नपरेकाले उत्पादनमा समेत असर पर्ने कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले बताए । ‘यसपालि असार शुरुआतमै राम्रो पानी परेको थियो, किसानले बीउ राख्न र रोप्नसमेत पाए, त्यसपछि पानी पर्न रोकियो’, ढकालले भने, ‘अहिले खेत सुकिसकेको छ, धान सुक्दै गएको छ भने १५ प्रतिशत रोपाइँ हुन सकिरहेको छैन ।’

    बाँकेमा प्रतिहेक्टरमा ४.३ मेट्रिक टन धान उत्पादन हुँदै आएको छ । बाँकेमा ३६.५ हेक्टरमा धान उत्पादन हुने गर्दछ । सिक्टा सिँचाइ आयोजनाले पश्चिम नहरमा पानी छाडेकाले कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाको केही भेगका किसानले खेतमा पानी हाल्न पाएका छन् । सिक्टा नहर पूर्णरूपमा सञ्चालन नभएका कारण अधिकांश किसान आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.