सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आगलागीका घाइतेको उपचारका क्रममा मृत्यु


  •    न्युजभित्तो/२ श्रावण २०७८, शनिबार १५:३० 
  • पाँचथर, २ साउन । आगलागीमा परी घाइते भएका यहाँका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका फिदिम नगरपालिका–४ जोरसालका ४९ वर्षीय दीननाथ सापकोटाको गएराति मृत्यु भएको परिवारजनले जनाएका छन् ।

    बाबुको काजकिरियामा बसेका सापकोटा गत जेठ २४ गते राती आगलागी हुँदा घाइते हुनुभएको थियो । उपचारका क्रममा झापाको मेची प्रादेशिक अस्पतालमा सापकोटाको गएराति मृत्यु भएको हो । उहाँसँगै घाइते भएकी उहाँकी आमा ७२ वर्षीया चनमाया सापकोटाको गत जेठ २६ गते मृत्यु भएको थियो ।

    दीननाथका बाबु भगीरथ सापकोटाको जेठ २४ गते मृत्यु भएको थियो । भगीरथको मृत्युपछि काजकिरियाको सुरुआत गरेकै दिन राति आगलागी हुँदा किरियामा बसेका तीन जना घाइते भएका थिए । घाइतेमध्ये मृतक दीननाथका भाई मदन भने निको भइसकेको बताइएको छ । आगलागीमा घाइते तीनै जनालाई उपचारका लागि मेची प्रादेशिक अस्पताल लगिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.