सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देउवाले बोलाए पदाधिकारीको आकस्मिक बैठक


  •    न्युजभित्तो/२ श्रावण २०७८, शनिबार १४:४७ 
  • काठमाडौं,२ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रुपमा पार्टी पदाधिकारीको बैठक बोलाएका छन् ।

    पूर्व पदाधिकारी पनि सहभागी हुने बैठकमा क्रियाशील सदस्यता छानविन समिति सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटको घटनाबारे छलफल हुने एक नेताले जानकारी दिए । बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने पार्टी मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

    कांगेस केन्द्रीय सदस्य एवं समिति सदस्य घिमिरेमाथि शनिबार सिन्धुपाल्चोकका कांग्रेस कार्यकर्ताले कुटपिट गरेका थिए । सदस्यता छानविनको काम अन्तिम चरणमा पुगेका बेला सदस्य घिमिरेमाथि धर्मशालामै पुगेर आक्रमण भएपछि छलफलका लागि पदाधिकारी बैठक बोलाएको हो । समितिले एक महिनादेखि गौशालास्थित नेपाल–भारतमैत्री धर्मशालामा आवासीय रुपमा काम गर्दै आएको छ ।

    समिति सदस्य घिमिरेले सिन्धुपाल्चोकका नेता मोहन बस्नेतको निर्देशनमा आफूमाथि कुटपिट भएको आरोप लगाएका छन् ।सदस्यता विवादबारे छलफल गर्न भन्दै आएका सिन्धुपाल्चोकका केही युवाहरुले आफूमाथि हातपात गरेको घिमिरेको भनाइ छ ।

    सिन्धुपाल्चोकमा राप्रपाबाट आएका भनिएका १२ सय क्रियाशील सदस्यको नाममा विवाद भएको हो । समितिले सिन्धुपाल्चोकमा नयाँ र अन्य पार्टीबाट समायोजनपछि आएका क्रियाशील सदस्यता स्थगन गर्दै १४ औं महाधिवेशनमा पुरानैलाई मान्यता दिने तयारी गरेको हो ।

    नयाँ क्रियाशील सदस्य र राप्रपाबाट समायोजन भई आएकाको क्रियाशील सदस्यता स्थगन गरेको आरोप लगाउँदै कार्यर्ताले घिमिरेमाथि हातपात गरेका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.