सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सोह्र दिनदेखि सडक अवरुद्ध, दुग्ध ढुवानीमा समस्या


  •    न्युजभित्तो/२ श्रावण २०७८, शनिबार १३:४९ 
  • बलेवा, २ साउन । बागलुङको दक्षिण क्षेत्र १६ दिनदेखि सडक सम्पर्कविहीन छ । एउटै पहिराले जिल्लाको दक्षिण जोड्ने चार सडकमा क्षति पु¥याएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्र, जैमिनी नगरपालिका र बरेङ गाउँपालिमामा समेत सवारी आवतजावत बन्द छ ।

    गत असार १८ गते राति आएको पहिराले बागलुङ –१० एक्लेशालमा चार सडकमा क्षति पु¥याएको थियो । कालिगण्डकी करिडोरको बागलुङ–बलेवा खण्ड, बागलुङ कुश्मीशेरा सडक, करिडोरको वैकल्पिक सडक र एक्लेशाल–भकुण्डे सडक पहिरोले बगाएको हो । सडकको गहिराईबाट नै पहिरोले बगाएकाले सडक मर्मतमा समस्या भएको नगरपालिकाले जनाएको छ ।

    पहिरोले सडक अवरुद्ध भएपछि दूध ढुवानी गर्न नपाउँदा यहाँका किसान मर्कामा परेका छन् । नगरपालिकाको बलेवा क्षेत्र र जैमिनी किसानले उत्पादन गर्ने दूधको ढुवानीमा समस्या भएको छ ।

    सडक अवरुद्ध हुँदा दूध उत्पादक किसान मर्कामा परेको कालिगण्डकी दूध उत्पादक सहकारी संस्थाका सचिव रुद्रनाथ शर्माले बताउनुभयो । बलेवाका किसानले उत्पादन गरेको दूध पर्वतको सदरमुकाम कुश्मा, पोखरा र बागलुङ बजारमा बिक्री हुने गरेको छ । बलेवा कुश्मा यान्त्रिक पुलको प्रयोग गरेर किसानले दूध बजार पु¥याएका छन् । पुलको प्रयोग गर्दा लाग्ने भाडाले उत्पादन खर्च बढाएको किसान गुरुदत्त आचार्यले गुनासो गर्नुभयो । चिस्यान केन्द्र पर्याप्त नहुँदा र समयमा बजारमा दूध नपुग्दा फाट्ने समस्या रहेको उहाँको भनाइ छ ।

    बलेवाका किसानले दैनिक २०० लिटरभन्दा धेरै दूध उत्पादन गरेर बजार पठाउने गरेका छन् । “हाम्रो मुख्य पेसा नै यही हो”, उहाँले भन्नुभयो, “एक दिन दूध रोकिँदा व्यावसायिक किसानको हजारौँको क्षति हुन्छ ।” वैकल्पिक सडकको व्यवस्था हुनुपर्ने उहाँको माग छ । कालिगण्डकी करिडोर आयोजना कार्यालय पाल्पा, सडक डिभिजन कार्यालय बागलुङ र जिल्ला प्रशासन कार्यालय बागलुङलेसमेत आआफ्नोतर्फबाट सडक खुलाउने प्रयास गरिरहेका छन् । “काम निरन्तर भइरहेको छ, पहरो नै खसेकाले समस्या छ”, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भन्नुभयो, “विकल्पसमेत केही छैन् ।” तत्कालका लागि करिडोर मर्मतको प्रयास भएको हो । कालोपत्र भइसकेको बागलुङ कुश्मीशेरा सडक भने मर्मत गर्न महिनौँ लाग्ने गरी क्षति भएको उहाँले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.