सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाल्पामा ट्याक्टरमाथि पहिरो खस्दा सहचालकको मृत्यु


  •    न्युजभित्तो/२ श्रावण २०७८, शनिबार १२:३४ 
  • बुटवल,२ साउन । पाल्पामा कच्ची सडकमा फसेको ट्याक्टरमाथि पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।

    तिनाउ गाउँपालिका-६ डुम्रेको कच्ची सडकमा फसेको लु४त ६६२९ नम्बरको ट्याक्टर निकाल्ने क्रममा पहिरो खस्दा सहचालक बर्दियाका २७ वर्षीय मुमलाल पुनको मृत्यु भएको हो ।
    पहिरोमा परेर गम्भीर घाइते भएका सहचालक पुनको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

    उक्त ट्याक्टर डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा बोकेर जाँदै गर्दा हिलोमा फसेको थियो । ट्याक्टर फसेपछि लु१क २४९७ नम्वरको जेसिबीले निकाल्ने क्रममा अचानक माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसीबी पुरिँदा जेसीबी चालक पाल्पा रैनादेवी छहरा गाउँपालिका-१ का २० वर्षीय सरोज बुढा घाइते भएका छन् ।

    घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका का प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.