सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली सेनाद्वारा कर्णाली करिडोरको खुलालु–सलीसल्ला सडकखण्ड हस्तान्तरण


  •    न्युजभित्तो/१ श्रावण २०७८, शुक्रबार १०:४७ 
  • सिमकोट, १ साउन । नेपाली सेनाले निर्माण गर्दै आएको कर्णाली करिडोरको खुलालु–लैफु सलीसल्ला खण्डको सडक हस्तान्तरण गरेको छ । सेनाले सडक निर्माण सम्पन्न भएपछि सडक विभागअन्तर्गतको हिल्सा– सिमकोट सडक आयोजनालाई बिहीबार हस्तान्तरण गरेको हो ।

    नेपाली सेनाको कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख मिलन कार्कीले सम्पन्न सडक हिल्सा–सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिएको बताउनुभयो । प्रमुख कार्कीले भन्नुभयो, “कोरोनाका कारण निर्धारित समयमा काम सक्न केही ढिलाइ भए पनि सेनाले काम भने पूरा गरेको छ ।” हस्तान्तरण कार्यक्रम बाजुरा जिल्लाको तिथीचौरमा आयोजना गरिएको थियो ।

    कर्णाली करिडोरको खुलालु–लैफु हुँदै हुम्लाको सलीसल्ला खण्डको सडक हस्तान्तरण गर्नुअघि सेनाको निर्माण दलका तर्फबाट कार्की र हिल्सा सिमकोट आयोजनाका तर्फबाट योजना प्रमुख बिसुनदास लामाले हस्ताक्षर गर्नुभएको थियो । सो पत्र कार्कीले आयोजना प्रमुख लामालाई हस्तान्तरण गर्नुभएको हो ।

    हस्तान्तरणपछि सडकको जिम्मेवारी लिँदै आयोजना प्रमुख लामाले अब सडकको पूर्णरूपमा अपनत्व लिने बताउनुभयो । कार्यक्रममा बाजुरा जिल्लाको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लको पनि उपस्थिति थियो । सेनाले सो खण्डको कालिकोटको खुलालु हुँदै हुम्ला जिल्लाका सलीसल्लासम्मको १२२ दशमलव ७५ किलोमिटर सडक निर्माण पूरा गरेको हो । निमार्ण भएको कूल सडकमध्ये हुम्ला खण्डमा ३८ दशमलव चार किलोमिटर सडक पर्छ ।

    कोरोनाका कारण सडक हस्तान्तरण कार्यक्रम सेनाले केन्द्रीयस्तरको कार्यक्रम नराखेर जिल्लास्तरमा राखिएको जनाएको छ । खुलालु–लैफु हुँदै सलीसल्ला खण्डको काम विसं २०७० मा सेनाले शुरु गरेको थियो भने हुम्ला खण्डमा २०७३ चैत ९ गतेबाट निर्माणकार्य शुरु गरेको थियो ।

    चारवटा गाउँपालिका सडक सञ्चालनमा जोडिए

    हुम्लाका चार गाउँपालिका ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् । जिल्लाका चार गाउँपालिका सडक सञ्जालसँग जोडिएसँगै दक्षिण क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुने भएको छ ।

    दक्षिण क्षेत्रका नागरिकले अन्तरजिल्ला जोडिन तथा जिल्लाबाहिर जानका लागि चार दिन हिँडेर सदरमुकाम सिमकोटमा दुई÷तीन दिन बसेर जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले जानकारी दिनुभयो । नेपाली सेनाले निर्माण गरेको कर्णाली करिडोरको सडकले हुम्लालाई मात्र नभएर बाजुरा, मुगु जिल्लाका नागरिकलाई पनि प्रत्यक्ष टेवा पुगेको अध्यक्ष फडेराले बताउनुभयो । यहाँका नागरिकले पिठ्यूँमा भारी बोक्नुपर्ने अवस्था र घोडा तथा खच्चडबाट सामग्री ढुवानी गर्नुपर्ने अवस्थाको अन्त्य भएको अध्यक्ष फडेराले बताउनुभयो ।

    जिल्लाका चार गाउँपालिका सडक सञ्जालसँग जोडिएसँगै लैफु–खुलालुबाट सलीसल्लासम्मको १४२ दशमलव ७५ किलोमिटर सडकको अध्ययन गरी बाह्रै महिना यातायात सञ्चालन गरिने आयोजना प्रमुख लामाले बताउनुभयो । सेनाले सडक हस्तान्तरण गरेसँगै जिल्लाको चंखेली गाउँपालिकाको सलीसल्लासम्म यातायात सञ्चालन हुने भएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.