सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

 चितवन जिल्लामा मानबअधिकार उल्लंघनका घटना घटे


  •    न्युजभित्तो/३१ असार २०७८, बिहीबार १५:५५ 
  • चितवन, ३१ असार । सन् २०२१ जनवरी देखि जुन सम्ममा जिल्लामा मानब अधिकार उल्लंघनका घटना घटेका छन् । सन २०२० को सोहि समयमा भएका घटना भन्दा अहिले घटना कम भएका हुन ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले चितवनका अनुसार यस ६ महिनामा महिला बलात्कारका घटना, ६ वटा, बालिका बलात्कारका १३ वटा, महिला बलात्कार प्रयास २ वटा र बालिका बलात्कार प्रयास ३ वटा घटना भएका छन् । यस्तै बाल यौनदुरुपयोगका घटना १० वटा, बालिका बेचबिखन १ वटा, वहुविवाह ३ वटा, बालविवाह १ वटा भएका छन् ।

    आत्महत्या दुरुपयोगको १ वटा, बालिका अपहरण एउटा र हत्या एउटा भएको इन्सेकले आज यहाँ अर्धबार्षिक समिक्षा कार्यक्रममा सार्वजनिक गरेको हो । इन्सेक चिवतनका प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार सन् २०२० को यहि समयमा महिला कलात्कारका घटना ९ वटा, बालिका बलात्कारका घटना १६ वटा, महिला बलात्कार प्रयासका घटना ६ वटा बालिका बलात्कारको प्रयासका घटना ४ वटा भएका थिए । यस्तै महिला हत्या ४, पुरुष हत्या पाँचवटा, बाल यौन दुव्र्यवहार ४ वटा, बहुविवाह ४ वटा भएका छन् ।

     

    आत्महत्या दुरुत्साहन २ वटा, मानव वेचविखनका २ वटा, बम बिस्फोटका १ वटा, हातहतियार १ र राज्यबिरुद्ध अपराधका घटना २ वटा रहेका छन् । अधिकारीका अनुसार जिल्लामा मानवअधिकारका घटना कम भए पनि रोक्न सकिएको छैन । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार ढल्लाकोटीले हामीले चाहेको समाज अझै नवनेको बताउनुभयो ।

    अहिलेको समाज कता गइरहेको छ भन्ने बिषयमा सम्बेदनशिल भएर अघि वढ्नुपर्ने समय आएको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्ने बक्ताहरुले न्याय मर्न नदिनका लागि सबै एक भएर लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, नेपाल बार एशोसियसनका पूर्ब अध्यक्ष जग्गनाथ भण्डारी, योनजन्य हिंसा बिरुद्धको साझा अभियानका सह–संयोजक संगिता भण्डारीले बोल्नुभएको थियो ।

     

     

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन
    १३ बुँदे घोषणा पत्र जारी गर्दै सकियो बागमती साहित्य महोत्सव
    छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’
    • बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’
    • भिरबाट लडेर दुई जनाको मृत्यु
    • काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
    • हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.