सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा पछिल्लो २४ घण्टामा ११९ कोरोना संक्रमित थपिए ,६ जनाको मृत्यु


  •    न्युजभित्तो/३१ असार २०७८, बिहीबार १५:१७ 
  • चितवन, ३१ असार । जिल्लाका बिभिन्न अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित मध्ये छ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

    ८९ जनामा पिसिआर तथा ३० जनामा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । चितवनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय नाघेको छ ।

    स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवन मेडिकल कलेजमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको हो भने भरतपुर अस्पतालमा २ तथा पुष्पाञ्जली अस्पतालमा एक जनाको मृत्यु भएको हो ।

    खैरहनीका ६, माडी र रत्ननगरका समान ११, राप्तीका ८, कालिकाका र इच्छाकामना गाउँपालिकाका एक जना रहेका छन् । यससँगै जिल्लाभर कुल संक्रमितको संख्या १७ हजार ९४७ पुगेको छ ।

    संक्रमित मध्ये १६ हजार ९१ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्रै ७३ जना कोरोनामुक्त भएका छन् । १ हजार ५१३ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये एक हजार ३८२ जना होम आइसोलेसनमा छन् भने १०७ जना अस्पताल तथा २४ जना संस्थागत आइसोलेसनमा छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.