सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मार्कस राशफोर्ड काँधको शल्यक्रिया गराउँदै


  •    न्युजभित्तो/३० असार २०७८, बुधबार १४:५२ 
  • काठमाडौं, ३० असार  । म्यान्चेष्टर युनाइटेडका स्ट्राइकर मार्कस राशफोर्ड काँधको शल्यक्रिया गराउनुपर्ने भएको छ । सन् २०२०–२१ को अन्त्यतिर काँधमा समस्या आएपछि आरामले मात्रै नपुग्ने भएर उहाँले शल्यक्रिया गराउनुपर्नेछ । तर शल्यक्रिया गर्ने विज्ञ चिकित्सक जुलाईसम्म उपलब्ध नरहेकोले अगष्टमा मात्रै उहाँको उपचार प्रकुिया सुरु हुने बीबीसीले उल्लेख गरेको छ ।

    २३ वर्षीय राशफोर्ड शल्यक्रियापछि कम्तीमा १२ साता आराम गर्नुपर्ने हुन्छ । शल्यक्रिया लगत्तै खेल्ने स्थिति नरहने हुनाले उहाँले कम्तिमा दुई महिना मैदानबाहिर बस्नुपर्ने हुन्छ । म्यान्चेष्टर यूनाइटेडका लागि इङ्ग्लिस प्रिमियर लिगको गएको संस्करणको ३७ खेलमा ११ गोल गर्नुभएका राशफोर्ड भने यूरो कप फुटबल २०२० मा प्रभावकारी प्रदर्शन दिन सक्नुभएन ।
    राशफोर्ड इङ्ग्ल्याण्डका लागि पाँच खेल खेल्नुभएकोमा मात्र ८४ मिनेट मैदानमा सक्रिय रहनुभयो । इटाली विरुद्धको फाइनल खेलमा उहाँको पेनाल्टी प्रहार विफल भयो । इटालीले इङ्ग्ल्याण्डलाई पेनाल्टी शूट आउटमा हराएर युरोकप फुटबल २०२० को उपाधि जितेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.