सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भेरी अस्पतालमा बर्दियाका दुई सङ्क्रमितको मृत्यु


  •    न्युजभित्तो/३० असार २०७८, बुधबार १२:३४ 
  • नेपालगञ्ज, ३० असार । गत केही दिनबाट मुत्युको सङ्ख्या शून्य रहँदै आएको भेरी अस्पतालमा गए राती बर्दियाका २ जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

    कोभिड १९ व्यवस्थापन समिति बाँकेका अनुसार भेरी अस्पतालमा उपचाररत बर्दियाका २ जना कोरोना सङ्क्रमितको मङ्गलवार राती फरक फरक समयमा मृत्यु भएको हो ।

    समितिले दिएको जानकारी अनुसार असार २५ गते भेरी अस्पताल भर्ना हुनुभएका बर्दिया ठाकुरबाबा ५ की ६३ वर्षीया महिलाको मङ्गलबार राती ९ः४५ मा मृत्यु भएको थियो भने २६ गते भर्ना हुनु भएका राजापुर १० बर्दियाका ६५ वर्षीय पुरुषको सोही राती ११ः३० बजे मृत्यु भएको थियो ।

    सो मृत्युसँगै बाँकेमा जिल्ला बाहिरबाट उपचारका लागि आएका मध्ये मृत्यु हुनेको सङ्ख्या ३७० पुगेको कोभिड १९ व्यवस्थापन समिति बाँकेले जनाएको छ ।

    भेरी अस्पतालमा गत राती दुई जना बर्दियाका सङ्क्रमितको मृत्यु भए पनि गत दुई साता यता बाँकेका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।

    बाँकेमा सङ्क्रमित भेटिने क्रम पनि दैनिक दसभन्दा कमको सङ्ख्यामा झरेको उहाँले जनाउनुभयो ।
    यसैबीच जिल्ला प्रशासन कार्यालय बाँकेले स्वास्थ्य मापदण्डको पालना गर्न भौतिक दूरी कायम राखेर आआफ्नो कार्य सम्पादन गर्न पुन जिल्लावासीसँग आग्रह गरेको छ ।

    बाँकेका प्रमुख जिल्ला अधिकारी तथा कोभिड १९ व्यवस्थापन समितिका संयोजक शिवराम गेलालले अझै पनि पूर्ण रुपमा कोरोना समाप्त नभएकोले सचेत हुन र स्वास्थ्य मापदण्ड पालना गर्न सबै जिल्लावासीलाई आग्रह गरिएको जनाउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.