सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतमा कप्पा भेरियन्ट देखियो


  •    न्युजभित्तो/३० असार २०७८, बुधबार ०९:५९ 
  • काठमााडौ, ३० असार । भारतमा कोरोना भाइरसको अर्को भेरियन्ट पनि फेला परेको छ। भारतको राजस्थानमा कप्पा भेरियन्ट देखा परेको छ। यसबाट हालसम्म ११ जना संक्रमित भएको तथ्याङ्कमा उल्लेख छ।

    दोस्रो लहर कमजोर बन्दै जाँदा कप्पा भेरियन्टले भेटिँदा यसले भारतमा पुनः चिन्ता थपेको छ। यसअघि भारतमा डेल्टा र डेल्टा प्लस भेरियन्टले दोस्रो लहरमा त्यहाँको अवस्था निकै जटिल बनाएको थियो। अझै दैनिक ४० हजार हाराहारीमा त्यहाँ संक्रमित फेला परिरहेका छन्।

    राजस्थानका स्वास्थ्य मन्त्री डा. रघु शर्मा हालसम्म कप्पाका ११ संक्रमित फेला परेको पुष्टि गर्दै जसमध्ये जयपुर र अलवरका ४–४ जना, बाडमेरका दुई तथा एकजना भिलवाडाका रहेका जानकारी दिनुभयो। उहाँले यो भेरियन्ट डेल्टाभन्दा कम खतरनाक रहेको बताउनुभयो।

    कोरोनाको डेल्टा भेरियन्टलाई निकै खतरनाक र संक्रामक मानिन्छ। त्यसपछि, कप्पा भेरियन्ट यो लिस्टमा आउँछ। कप्पापछि अल्फा भेरियन्टलाई खतरनाक मानिन्छ।

    राजस्थानमा हालसम्म ९ लाख ५३ हजार बढीमा संक्रमण फेला परिसकेको छ भने ८ हजार ९४५ संक्रमितले ज्यान गुमाइसकेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.