सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा एमाले लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि खबरदारी गरिरहने : प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/२९ असार २०७८, मंगलवार १६:३८ 
  • काठमाडौँ, २९ असार । सर्वोच्च अदालतको परमादेशबाट पदच्युत भएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिस्थितिलाई एकैछिन लागेको बादलु को संज्ञा दिँदै फेरि सूर्य उदाउने बताएका छन् । अब आफू र आफ्नो पार्टी नेकपा एमाले लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि चौबीसै घण्टा खडा भएर खबरदारी गरिरहने ओलीले घोषणा गरेका छन् ।

    मंगलबार सिंहदरबारबाट बाहिरिने बेलामा करिब एक घण्टा देशवासीका नाममा सम्वोधन गरेका ओलीले भने, ‘एकछिन बादल लागेको छ, फेरि सूर्य बादल हटाएर उदाउने छ ।’

    नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले आफ्नो सम्वोधनको बिट मार्दै भने, ‘बादलले एकछिन अँध्यारो पार्न सक्ला । घामलाई छेक्न सक्ला । तर, सूर्यको प्रकाशलाई कसैले पनि निस्तेज पार्न सक्दैन ।’

    पार्टी अहिले सरकारबाट बाहिरिनु परेपनि छिट्टै नेतृत्वमा पुग्ने उनको आशय थियो ।

    आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको ओलीले दाबी गरे । साथै अबको डेढ वर्षमा चुनाव हुने भन्दै उनले पार्टीका कार्यकर्ताहरूलाई निराश नभई अघि बढ्न आग्रहसमेत गरे ।

    ओलीले भने, ‘नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउने महान अभियानमा म र मेरो पार्टी सधैंभरि अग्र मोर्चामा डटिरहने छ । लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि हामी चौबीसै घण्टा खडा भएर अब पनि खडा हुनेछौं । थालिएका अग्रगामी कदमहरूको निरन्तरताका लागि खबरदारी गरिरहने छौं ।’

    तीन वर्ष पाँच महिना लामो आफ्नो सरकारले महत्वपूर्ण कामहरु गरेको फेहरिस्त प्रस्तुत गर्दै ओलीले अब प्रतिपक्षी भूमिकामा दह्रोसँग उभिने संकेत गरे । उनले भने, ‘मुलुकलाई अस्थिरतातिर, अर्थतन्त्रलाई ओरालो दिशातिर, जनतालाई अन्धकारतिर र संविधानलाई संकटतिर धकेल्ने प्रयासका विरुद्ध हामी चट्टान बनेर उभिने छौं । मेरो पूर्ण विश्वास छ, मुलुकले शुरु गरेको अग्रगतितिरको यात्रा कसैले पनि बिथोल्न सक्ने छैन र हामी त्यो बिथोल्न दिने पनि छैनौं ।’

    आफ्नो सम्बोधनमा ओली पार्टीभित्रको माधव नेपाल पक्षप्रति निकै आक्रामक रुपमा प्रस्तुत भए । एमालेको कार्यदलले तयार पारेको १० बुँदे समझदारीपत्र अनुमोदन हुन बाँकी रहेको अवस्थामा ओलीको यो प्रस्तुतिले एमालेको एकता अब कसरी अगाडि बढ्ला भन्ने प्रश्नसमेत जन्माएको छ ।

    उनले आफू नेतृत्वको सरकारलाई साथ सहयोग गर्ने सबैमा धन्यवाद पनि आभार प्रकट गरे । ‘मेरो नेतृत्वमा सञ्चालित सरकार ऐतिहासिक रुपमा सफल सरकार हो । त्यसको सफलतामा धेरैको योगदान छ’,उनले भने, ‘सबैको सद्भावले यो सफलता प्राप्त भएको हो । यसले हामीलाई ऊर्जा प्राप्त दिएको छ ।’

    ओलीले आफूलाई सरकारबाट बाहिरिँदा रत्तिभर चिन्ता पनि नभएको दाबी गरेका छन् । उनले आफ्नो नेतृत्वमा चौतर्फी विकास भएको दाबी समेत गरे ।

    कुनै व्यक्तिको इच्छा पूरा गर्न नेपालको संविधान र लोकतान्त्रिक प्रणालीमा खेलाँची भएकोमा चिन्ता रहेको उल्लेख गरे ।

    अदालतको निर्णय विश्वमै नभएको घटना

    ओलीले विश्वमै पहिलो पटक अदालतले बहालवाला प्रधानमन्त्रीलाई अदालतले हटाउँदै नयाँ नियुक्ति गरेको बताए । अदालतको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएका उनले फैसला स्वीकार भने गर्ने बताए ।

    ‘जनताको बीचमा जान आँट नगर्ने । अदालत गएर मुद्दा लडेर करेसाबारीको झगडा हो यो रुगजब छ’,उनले भने, ‘विश्वमा पहिलो पटक अदालतबाट प्रधानमन्त्री तोकियो,प्रधानमन्त्री हटाइयो । यही विश्व न्यायिक प्रणालीमा अनुकरणीय भएछ भने विडम्बना भन्नुपर्ला ।’

    यो फैसला इतिहासको कडीमा परीक्षित हुन भने बाँकी रहेको ओलीको भनाइ छ । आफू नेतृत्वको सरकारले देश र जनताको पक्षमा काम गर्दा ढलाइएको पनि ओलीको गुनासो छ । ‘एमालेको सरकार ढलाइयो,यो सरकार किन ढलाइयो भने सरकारले सार्वभौमसत्ताको पक्षमा काम र्गयो । विकासको पक्षमा काम र्गयो । जनतालाई राहत सुविधा र्पुयाउने,अधिकार सम्पन्न बनाउने कुरामा काम र्गयो । यी दिशामा धेरै काम र्गयो । अरू त कुनै कारण छैन। ’ उनले भने ।

    ओलीले संवैधानिक इजलासद्वारा संविधानको धारा ७६ को उपधारा ५ को सम्बन्धमा गरेको व्याख्याप्रति पनि असन्तुष्टि जनाए ।

    ओलीले उपधारा ५ बमोजिम सरकार बनाउन दलीय ह्वीप नलाग्ने संवैधानिक इजलासको फैसलाप्रति तीव्र असन्तुष्टि जनाएका हुन् ।

    एउटै पार्टीका सांसद सत्तापक्ष र प्रतिपक्ष कसरी ?

    ओलीले अदालतले संविधानको अपव्याख्या गरेको बताएका छन् । जसबाट राज्यका ३ अङ्गको सम्बन्ध खलबलिएको पनि उनले बताए । उनले सो फैसलाबाट कसैलाई विजेताको भाव उत्पन्न भए पनि त्यो क्षणभङ्गुर हुने दाबी गरे ।

    उनले भने–‘हाम्रो मुख्य चिन्ता राज्यका ३ अङ्गको सम्बन्ध खलबलिएर लोकतन्त्रमा असर पर्ने हो कि भन्नेमा छ । ७ दशकदेखि नेपालको लोकतान्त्रिक आन्दोलनको विशेषता दलीय व्यवस्था पनि हो । जनताले राजनीतिक दलका घोषणा पत्र हेरेर अभिमत दिएर सत्तामा पु७थभलसयाउँछन् । तर निर्वाचित भएको व्यक्तिलाई जुनसुकै पार्टीका उम्मेदवार भएको व्यक्तिलाई सत्तामा जान जसले पनि मतदान गर्न सक्छन्,त्यस्तो गर्दा उनीहरूमाथि कुनै ह्वीप लाग्दैन जस्ता कुरा र सांसदहरू दलका प्रतिनिधि मात्र हैनन् जस्ता व्याख्या यसले दलीय व्यवस्थालाई पनि चुनौती दिएको छ । एउटै पार्टीका सांसद सत्तापक्ष र प्रतिपक्ष कुनै पनि लोकतान्त्रिक प्रणालीले गर्दै गर्दैन ।’

    उनले निश्चित व्यक्तिको निश्चित स्वार्थका लागि सर्वोच्चले संविधानको अपव्याख्या गरेको आरोप समेत लगाए ।

    खोपबारे फेरिस्त सुनाए, तमासा गर्छन् भन्दै विपक्षीमाथि खनिए

    अब देशलाई खोपको अभाव नरहेको पनि ओलीको दाबी छ। आफ्नो कार्यकालमा प्राप्त भएका कोरोनाविरुद्धको खोपको फेहरिस्त सुनाएका उनले कतिपय खोप आइसकेको र कतिपय प्रक्रियामा रहेकाले कुनै अभाव नहुने बताएका हुन् । उनले आफ्नो कार्यकालमा खोपको व्यवस्था गरेपछि अब आज भोलिदेखि नै सरकारमा रहेकाहरूले आफैले खोपको व्यवस्था गरे जसरी तमासा हुनु गर्ने बताए ।

    उनका अनुसार भारतबाट अनुदानमा ११ लाख जोड खोप प्राप्त भएको छ । यसैगरी चीनबाट ४० लाख डोज खोप खरिद गरेको उल्लेख गर्दै जसमध्ये ८ लाख डोज खोप नेपाल आइसकेको जानकारी दिए । उनले अरू ३२ लाख डोज खोप क्रमशः आउने पनि विश्वास व्यक्त गरे । उनले यसअघि नै चीनबाट १८ लाख डोज खोप प्राप्त भएको पनि जानकारी दिए । यस्तै चीनले नै १६ लाख डोज अनुदानमा दिने घोषणा गरेको पनि ओलीको भनाइ छ ।

    ओलीले थप ६० लाख डोज खोप खरिद प्रक्रिया सुरु भइसकेको भन्दै ओलीले अमेरिकाबाट सोमबार मात्रै १५ लाख चानचुन डोज खोप नेपाल आएको बताए ।

    जापानबाट १६ लाख खोप दिने घोषणा भएको उल्लेख गर्दै ओलीले कोभ्याक्स अन्तरगत ३ लाख ४८ हजार बढी डोज खोप आएको र ३ लाख ५० हजार डोज आउने क्रममा रहेको उनको भनाइ छ ।

    यस्तै जोनसनको ५० लाख डोज,मोडर्नाको ४० लाख,फाइजरको ४० लाख र कोभिसिल्ड २० लाखसमेत गरी १ करोड ५० डोज खोप सुविधा मूल्यमा केही प्राप्त हुने क्रममा रहेको ओलीको भनाइ छ ।

    बालबालिकालाई दिन मिल्ने खोप ६० लाख डोज खरिद प्रक्रियामा रहेको पनि ओलीको भनाइ छ ।

    उनले भने, ‘हुन त मलाई थाहा छ,भरै बेलुका वा भोलि बिहानबाट सुरु हुनेछ–हामीले ल्याइदिएर लगाइरहेको खोप फोटो खिचेर अघिल्लो सरकार गयो हामीले खोप दिन थाल्यौ भनेर तमासा सुरु हुनेछ । जादु गरेर उनीहरूले आजै खोप ल्याएको हो कि जसरी प्रचार गर्नेछन् ।’

    उनले आफूलाई प्रचारको प्रतिस्पर्धा गर्न मन नभएको भन्दै आफ्नो कार्यकालमा देश र जनताको लागि धेरै काम गरेको बताए ।

    संविधान कार्यान्वयनमा महत्वपूर्ण काम गरेका दावी

    दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेका ओलीले आफ्नो नेतृत्वमा सरकारले संविधान कार्यान्वयनमा निकै महत्त्वपूर्ण काम गरेको समेत दावी गरे ।

    उनले ‘जनादेशले होइन,परमादेशका कारण आफू सरकारको जिम्मेवारीबाट बाहिरिनुपरेको’ टिप्पणीसमेत गरे ।

    ओलीले देश र जनताप्रति सम्पूर्ण निष्ठा र इमानदारिताका साथ समृद्धि,सुशासन,विकास,जनतामा सेवा सुविधा पु¥याउने कुरालाई ध्यानमा राखेर काम गरेको पनि दाबी गरे ।

    ३ वर्ष ५ महिना हाराहारीको आफ्नो कार्यकालमा संविधान कार्यान्वयन,सङ्घीय प्रणालीको संस्थागत विकास,मुलुकको सामाजिक आर्थिक रूपान्तरण र विकास,सामाजिक न्याय,सुरक्षा,राष्ट्रियताको रक्षा र सुशासनका क्षेत्रमा दूरगामी महत्त्वका काम गरिएको पनि उनले बताए ।

    राजनीतिलाई सुविधा,भागबन्डाको विषयका रूपमा बुझ्ने र बुझाउने गरिएको परिस्थितिमा आफूले राजनीतिका नाममा विकास,सुशासनको पहल गर्दा आफ्नै पार्टीभित्रबाट घेराबन्दी र आक्रमणको सिकार हुनु परेको दुखेसो पनि उनले पोखे ।

    आफ्नो कार्यकालमा संविधान पूर्ण रूपमा कार्यान्वयनमा आएको दाबी गर्दै उनले सङ्घीयता पनि संस्थागत भएको बताए ।

    पार्टी विद्रोही सांसदमाथि हमला

    ओलीले आफ्नै पार्टीका २६ जना अराजक सांसदका कारण प्रधानमन्त्री पद गुमाउनु परेको बताएका छन् । उनले आफ्नै दलका ती २६ जना विद्रोही मात्र नभई अराजक भएर विपक्षीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर लिएर राष्ट्रपतिकोमा गएको उल्लेख गरे ।

    उनले फुटबल खेलमा आफ्नो पक्षका खेलाडीलाई बल पास गर्नुपर्नेमा विपक्षी दललाई बल पास गरेको टिप्पणी गरे । आफूले गरेका राम्रा कामबाट आत्तिएर पार्टीको साधारण सदस्यबाट समेत हटाउने काम गरेको समेत स्मरण गरे ।

    उनले अदालतको फैसला अनुचित आए पनि त्यसलाई पालना गरेर अघि बढ्ने उल्लेख गरे ।

    सर्वोच्चको परमादेशसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेकाले उनी स्वतः पदमुक्त भएर सिंहदरबारबाट घर फर्किएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन
    १३ बुँदे घोषणा पत्र जारी गर्दै सकियो बागमती साहित्य महोत्सव
    छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’
    • बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’
    • भिरबाट लडेर दुई जनाको मृत्यु
    • काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
    • हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.