सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अदालतकी कर्मचारी विमलाको हत्या अभियोगमा असई पक्राउ,


  •    न्युजभित्तो/२९ असार २०७८, मंगलवार १६:११ 
  • काठमाडौँ, २९ असार । उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत् कार्यालय सहयोगी महिलाको हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ।

    ४८ वर्षीया विमलादेवी निरौला पराजुली सोमबार अदालत परिसरमा मृत फेला परेकी थिइन्।

    उनको हत्यामा सोही अदालतमा कार्यरत् सुरक्षागार्ड ३५ वर्षीय युवराज बानियाँको संलग्नता रहेको पुष्टि भएको प्रहरीले दाबी गरेको छ।

    जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बानियाँको संलग्नता देखिएसँगै उनलाई पक्राउ गरिएको बताए।

    बानियाँ र उनीबीच एउटै कार्यालयमा काम गरेकोदेखि लिएर व्यक्तिगत अन्य सम्बन्ध रहेको र त्यसैकारण बानियाँले हत्या गरेको श्रेष्ठले बताए।

    ‘उनले घाँटी थिचेर हत्या गरेको भनी स्वीकार गरेका छन्,’ श्रेष्ठले भने, ‘पोष्टमार्टम रिपोर्ट आइनसकेकाले मृत्युको कारण पुष्टि भइसकेको छैन।’

    हत्याको समय यकिन भइनसकेको उनले बताए। सोमबार बिहान पराजुली अदालत परिसरमा मृत फेला परेकी थिइन्।

    मुख्य न्यायाधीशको निवास र अदालतबीचको पानी बग्ने ठाउँमा उनको शव घोप्टो परेको अवस्थामा फेला परेको थियो।

    घटना अनुसन्धानको लागि संघीय प्रहरी इकाई धरानबाट तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोली गएको थियो। सो टोलीले सुरक्षा गार्ड बानियाँको संग्लग्नता रहेको देखिएसँगै उनलाई पक्राउ गरी अनुसन्धान थालिएको श्रेष्ठले बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.