सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सर्वोच्च अदालतको फैसला सकारात्मक : नेकपा (क्रान्तिकारी माओवादी)


  •    न्युजभित्तो/२९ असार २०७८, मंगलवार १५:१८ 
  • काठमाडौँ, २९ असार । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले सर्वोच्च अदालतको फैसला सकारात्मक रहेको बताएको छ ।

    सो पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिता, निरंकुशता र अहंकरवादमाथि यस फैसलाले अंकुश लगाएको बताएको छ । यद्यपि सो पार्टीले वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थामा पैदा हुँदै आएका गम्भीर प्रकृतिका संकटको समाधान प्रतिनिधिसभाको पुनःस्थापनाद्वारा हुन नसक्ने बताएको छ ।

    पार्टी प्रवक्ता प्रतिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ: ‘वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थामा पैदा हुँदै आएका गम्भीर प्रकृतिका सङ्कटको समाधान प्रतिनिधिसभाको पुनःस्थापनाद्वारा हुन सक्दैन । यहाँ प्रश्न कुनै व्यक्ति विशेषका गल्ती कमजोरी वा दोषको मात्र होइन, अपितु समग्र सत्ता र व्यवस्था कै हो ।’

    सो पार्टीले वर्तमान राजनीतिक सङ्कट समस्याहरूको समाधानका लागि वर्तमान राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापनाका लागि संयुक्त सङ्घर्ष अपरिहार्य रहेको ठहर समेत गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.