सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमबिबिएस अध्ययनका लागि आवाससहित छात्रवृत्ति


  •    न्युजभित्तो/२९ असार २०७८, मंगलवार १३:१९ 
  • ताप्लेजुङ, २९ असार । आवाससहित एमबिबिएस अध्ययन छात्रवृत्ति प्रदान गर्ने नीति लिएको ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले छात्रवृत्तिसम्बन्धी विधेयक पारित गरेको छ । गाउँपालिकाको नवौँ गाउँसभामा प्रस्तुत छात्रवृत्ति दिनेलगायतका ४३ बुँदे नीति तथा कार्यक्रमलाई सोमबार बैठक बसी स्वीकृत गरेको हो ।

    स्वीकृत छात्रवृत्तिसम्बन्धमा बनेको विधेयकले प्रत्येक वर्ष चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिएस अध्ययन प्रवेश परीक्षा उर्तीण गर्ने गाउँपालिका क्षेत्रभित्रको एक जना विद्यार्थीलाई आवाससहित छात्रवृत्ति दिने व्यवस्था गरेको छ । गाउँपालिकाभित्रका विद्यार्थीले उक्त प्रवेश परीक्षा उत्तिर्ण गर्न नसके जिल्लाका कुनै पनि क्षेत्रका विद्यार्थीले उक्त छात्रवृत्ति पाउनेछन् ।

    यस्तै गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीलाई कक्षा ११ र १२ को अध्ययन निःशुल्क गर्ने व्यवस्थालाई समेत निरन्तरता दिने निर्णय भएको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए । कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई निःशुल्क पोशाक र स्कुल ब्याग गाउँपालिको प्रदान गर्ने भएको छ ।

    गाउँपालिका क्षेत्रभित्रको क्याम्पसमा पढ्ने दलित, महिला, अपाङ्गता परिचयपत्र भएका विद्यार्थीलाई स्नातक वा सो भन्दा माथिको अध्ययन निःशुल्क बनाइनेसमेत निर्णय भएको छ । यता सबै वडाबाट प्रत्येक वर्षको एसइई परीक्षाको नतिजामा उत्कृष्ट नतिजा हासिल गर्ने हरेक वडाका एक(एकजना गरी आठजना विद्यार्थीलाई प्राविधिक विधामा प्रविणता प्रमाणपत्र तह वा सो सरह अध्ययनका लागि आवाससहितको छात्रवृत्ति दिने व्यवस्थालाई निरन्तरता दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले बताए ।

    कक्षा ११ र १२ को अध्ययन निःशुल्क गर्ने, पोशाक र ब्याग वितरण गर्ने, प्राविधिक विषयको अध्ययनका लागि छात्रवृत्ति दिने कार्यक्रम चालू आर्थिक वर्षबाटै शुरु गरिएका थिए । उक्त कार्यक्रमलाई पुन निरन्तरता दिने गाउँपालिकाले निर्णय गरेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.