सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा २४३ जनामा डेङ्गु


  •    न्युजभित्तो/२९ असार २०७८, मंगलवार १२:३१ 
  • चितवन, २९ असार । जिल्लामा चालु आर्थिक वर्षमा २४३ जनामा डेङ्गु लक्षण देखिएको छ । स्वास्थ्य कार्यालयले आज यहाँ आयोजना गरेको सरोकार पक्षका बैठकमा अगामी साउन महिना शुरु भएसँगै सङ्क्रमण बढ्न सक्ने जनाउँदै उच्च सावधानी अपनाउन आग्रह गरिएको थियो ।

    सो अवसरमा कार्यालयका प्रमुख दीपक तिवारीले यस वर्ष एक हजार ७१७ जनाको डेङ्गु परीक्षण गरिएको जानकारी दिनुभयो । गत आवमा १९ हजार २३० जनाको परीक्षण गर्दा चार हजार ८०३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये तीन जनाको मृत्यु भएको थियो । आव २०७५÷७६ मा एक हजार ९५१ जनाको परीक्षण गर्दा ३१ र आव २०७४÷७५ मा एक हजार २९१ जनाको परीक्षणमा एक जनाको मृत्यु हुनाका साथै ५८ जनामा सङ्क्रमण देखिएको थियो ।

    नेपालमा सन् २००४ मा पहिलोपटक विदेशी नागरिकमा डेङ्गु फेला परेको थियो । सन् २००६ मा तराई र भित्री मधेशमा देखिएको डेङ्गु सन् २००९ मा चितवनमा पहिलोपटक नौ जनामा देखिएको थियो । एक वर्षको अन्तरालमा सङ्क्रमण बढी देखिने गरेको जनाउँदै समयमा नै सावधानी अपनाउनुपर्नेमा जोड दिइएको थियो । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्थानीय तहहरुले जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी थाल्नुपर्ने बताउनुभयो ।

    भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले अब प्रत्यक्ष रुपमा नियन्त्रण गर्न काममा नै जुट्नुपर्ने समय आएको छ भन्नुभयो । गाउँ र टोलटोलमा जनचेतना जगाउनुपर्ने उहाँको भनाइ थियो । डेङ्गु एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । घर वरिपरि बस्ने एडिस लामखुट्टेले प्रायः बिहान र साँझ टोक्ने गरेको पाइन्छ ।

    यो खासगरी वर्षातको पानी, प्लाष्टिक र टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा सयौँको सङ्ख्यामा फुल पार्दछ । स्वास्थ्य कार्यालयका किट नियन्त्रक निरीक्षक राम केसीका अनुसार डेङ्गुको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउनु हो । ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ ।

    आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कटकटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिरामी आउने, रक्तस्राव हुने जस्ता लक्षण देखापर्ने उहाँले जानकारी दिनुभयो । डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्दछ । यो भाइरसका कारण हुने भएकाले खास उपचार नहुने र लक्षणअनुसार उपचार गरिने निरीक्षक केसीले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.