काठमाडौं,२९ असार । नेकपा एमालेले स्थायी कमिटी बैठक स्थगित गरेको छ।आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएकोले स्थायी कमिटी स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो। ‘प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्नुपर्ने कारणले स्थायी कमिटी स्थगित गरिएको छ,’ तामाङले भन्नुभयो ।