सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हुम्लामा दश घरधुरी पहिराको जोखिममा


  •    न्युजभित्तो/२९ असार २०७८, मंगलवार ११:३० 
  • सिमकोट, २९ असार । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीको झोबन्ना र भात्खानका गरी १० घरधुरी पहिरो खस्ने डरको उच्च जोखिममा छन् ।

    दुई दिनको लगातारको वर्षाले झोबन्नाका छ र भात्खानका चार वटा घर उच्च जोखिममा रहेको स्थानीयवासी हरिबहादुर रावलले बताउनुभयो ।

    मङ्सिरदेखि चैतसम्म बसोबास हुने यस क्षेत्रमा गाउँको माथि पट्टिबाट पहिराको लेदो बग्न थालेको रावलले बताउनुभयो । गाउँको माथिपट्टि खेतीयोग्य जमीन रहेकाले माथिबाट बगेर आउने पानीले लेदो बनाएर बगेर आउँदा घरहरू पहिराको जोखिममा परेका हुन् । यो समय झोबन्ना र भात्खानमा गाईवस्तु पालनपोषणका लागि लैजाने हो ।

    उक्त क्षेत्रमा वडा नं २ का १० घरपरिवार बसोबास गर्दै आएको छ । यो क्षेत्रमा बस्तीमाथि जताततै भिरालो र भिर भएकाले थप जोखिम बढेको हो । उक्त क्षेत्रमा सिंह रावल, कर रावल, माने रावल, अज रावल, लब छत्याल, नैनबहादुर छत्याल, कुस छत्याल बिर्ख छत्याल, डिल्ली रावल, छत्त रावल, बुदे रावल, भगर रावललगायतका परिवार बसोबास गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.