सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विमलाको हत्यारा पत्ता लगाउन तथ्य नजिक प्रहरी


  •    न्युजभित्तो/२९ असार २०७८, मंगलवार १०:४७ 
  • मङ्गलबारे, २९ असार । उच्च अदालत विराटनगर इलाम इजलासमा मृत भेटिएकी विमलादेवी पराजुलीको सम्बन्धमा अपराधी पहिचानमा तथ्य नजिक प्रहरी पुगेको छ । हाल प्रमाण सङ्कलन गर्ने कार्य भइरहेको इलामका प्रहरी प्रमुख तथा प्रहरी उपरीक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

    सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया पराजुली कार्यालय परिसरमै मृत फेला पर्नुभएको थियो । उहाँ उच्च अदालत विराटनगर इलाम इजलास इलाममा कार्यालय सहयोगी पदमा केही समय अघिदेखि काम गर्दै आउनुभएको थियो ।

    जिल्ला प्रहरी कार्यालय इलामले बिहानैदेखि घटनाका विषयमा अनुसन्धान गरिरहेको थियो । थप अनुसन्धान गर्न धरानबाट कुकुर झिकाएरसमेत अनुसन्धान गरिएको हो । कुकुर आउनुअगाडि नै प्रहरीले अभियुक्त पत्ता लगाउन करिब सफल भए पनि कुकुरको अनुसन्धानपछि थप पहिचान र प्रमाण फेला पर्न सक्ने भन्दै भोलिसम्ममा थप अनुसन्धानपछि सार्वजनिक गरिने जनाइएको छ ।

    यता स्थानीयवासी तथा महिला अधिकारकर्मीले छिटो दोषी सार्वजनिक गर्न माग गरेका छन् । उनीहरुले घटनाका विषयमा छानबिन चाँडो हुनुपर्ने भन्दै उच्च अदालत अगाडि दबाबस्वरुप नाराबाजीसमेत गरेका थिए । अर्धनग्न अवस्थामा फेला पर्नुभएकी उहाँ अदालतकै बलेँसीमा घोप्टो अवस्थामा फेला पर्नुभएको थियो । शव परीक्षणका लागि बिपी कोइराला प्रतिष्ठान धरान पठाइनेसमेत बताइएको छ ।

    फाकफोकथुममा शव फेला

    इलामको फाकफोकथुममा एक पुरुषको शव फेला परेको छ । फाकफोकथुम–२ गोलेगाउँ निवासी अन्दाजी ५८ वर्षीय दानबहादुर तामाङ ९गैरीघरे माइला० को शव फेला परेको हो । सोमबार दिउँसो स्थानीयवासीले शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

    फाकफोकथुम–२ को पुतलीखर्क भन्ने स्थानमा मृतावस्थामा बाटोमा भेटिएको शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । एकतप्पा प्रहरी चौकीको टोलीले अनुसन्धान गरिरहेको भए पनि के कारणले मृत्यु भयो भन्ने खुल्न सकेको छैन ।

    घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । शवको पहिचान भएपश्चात परीक्षणका लागि जिल्ला अस्पताल इलाममा ल्याइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले इलामले जानकारी दिएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.