सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्वविद्यालय सभा नै नभई सकियो आर्थिक वर्ष


  •    न्युजभित्तो/२८ असार २०७८, सोमबार १२:०७ 
  • चितवन, २८ असार । कृषि र वनको अध्ययन, अनुसन्धान र प्रसार गर्ने मुख्य उद्देश्यका साथ ११ वर्ष अघि स्थापना भएको यहाँको कृषि तथा वन विज्ञान विश्व विद्यालयको यस आर्थिक वर्षमा विश्वविद्यालय सभा हुन सकेन । नीतिगत नयाँ निर्णयसँगै बजेट अनुमोदन गर्नुपर्ने महत्वपूर्ण मानिने विश्वविद्यालय सभा नहुनुलाई अर्थपूर्ण रुपमा लिने गरिन्छ ।

    राजनीतिक खिचातानीका कारण अस्तव्यस्त बन्दै गएको विश्वविद्यालयमा लामो समयको रिक्ततापछि गत वर्ष उपकुलपति, रजिष्ट्रार, डिन र निर्देशकहरुको नियुक्त भए पनि आन्तरिक खिचातानीका कारण सहमति हुन नसकेपछि वर्षभर नै विश्वविद्यालय सभा नभई बितेको हो ।

    विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.शारदा थपलियाले सभा हुन नसकेपछि कार्यकारीको बैठकबाट अनुमोदन गरेर खर्च गरिएको बताउनुभयो । गएको वैशाख २७ गते विश्वविद्यालय सभाको मिति तय भए पनि सो दिन प्रधानमन्त्री एवं कुलपतिले विश्वासको मत लिने दिन भएकाले सरेको भन्दै उहाँले त्यसपछि हालसम्म हुन नसकेको बताउनुभयो । कोरोना बढेर निषेधाज्ञा भएकाले पनि सभा हुन नसकेको उहाँको भनाई छ ।

    विश्वविद्यालय स्थापनापछि सभा हुन नसकेको यो पहिलो भएको भन्दै उहाँले सभाले अघिल्लो वर्षको खर्च अनुमोदन र आउँदो वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गर्ने बताउनुभयो । विश्वविद्यालयमा वार्षिक बजेट रु.६९ करोड हाराहारी हुने गर्दछ ।

    विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्य रेग्मी पछि सभाले स्वीकृत गर्ने गरी कार्यकारीले निर्णय गरेर बजेट खर्च गरिएको बताउनुहुन्छ । विश्वविद्यालय सभाको मुख्य जिम्मेवारी रजिष्ट्रारको हुने भए पनि उहाँको स्वास्थ्य र पारिवारिक कारणले केही समय रोकिएकोमा पछि कुलपतिको समय मिलाउन नसक्दा सभा हुन नसकेको रेग्मीको भनाई छ । आउँदो साउनमा सभा गरेर दुई वर्षको बजेट तथा कार्यक्रम एकै पटक स्वीकृत गर्ने उहाँले जानकारी दिनुभयो ।

    विश्वविद्यालय सभामा कुलपति एवं अध्यक्ष प्रधानमन्त्री, सह कुलपति एवं उपाध्यक्षमा शिक्षा मन्त्री सहित उपकुलपतिदेखि निर्देशकसम्मका विश्वविद्यालयका पदाधिकारी, उद्योगी, व्यापारी, लब्धप्रतिष्ठित व्यक्तिहरु सदस्य हुने गर्दछन् । यस विश्वविद्यालयको सभामा २५ जना सदस्य रहेका छन् । उपकुलपति र रजिष्ट्रारबीचको आन्तरिक टकरावका कारण समयमा सभा हुन नसकेको विश्वविद्यालयका अन्य पदाधिकारीको भनाई छ । विश्वविद्यालयभित्रको राजनीतिक गुटबन्दी र व्यक्तिगत स्वार्थका कारण सभा हुन नसकेको वन विज्ञान संकायका डिन प्रा.डा.बलराम भट्ट बताउनुहुन्छ ।

    विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्रा.डा.सूर्यकान्त घिमिरे वर्षभर नै सभा हुन नसक्नु लाजमर्दाे विषय भएको भन्दै सरकारले यस विश्वविद्यालयप्रति समयमै ध्यान दिन नसकेमा ठूलो नोक्सान हुन सक्ने बताउनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.