सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अज्ञात रोगले मरे चरनमा लगिएका २०० घार मौरी


  •    न्युजभित्तो/२८ असार २०७८, सोमबार १२:०४ 
  • झापा, २८ असार । शिवसताक्षी नगरपालिकामा मौरीपालन गर्दै आएका किसानको २०० घार मौरी अज्ञात रोगले मरेका छन् । सतासी महिला मौरीपालन सहकारीकी व्यवस्थापक देवीमाया दाहालले सहकारीमा आबद्ध किसानले पालेका मौरी चरनमा लगेका अवस्थामा एक साताभित्रै मरेको बताउनुभयो । उहाँ आफैँले पालेको ४० घार मौरी मरेको छ ।

    बर्खायाममा घारलाई टाढासम्म डुलाएर मौरी चराउने चलन छ । झापाको चारआली र मोरङको बेतना जङ्गल आसपास चरनमा लगिएका मौरी मरेर सोत्तर भएका छन् । मौरी के कारणले मरेका हुन् भन्ने पत्ता लगाउन सकिएको छैन ।

    उहाँका अनुसार यसबाट मौरीपालक किसानलाई रु ३४ लाखभन्दा बढी क्षति भएको छ । मौरी मरेको थप घटनाको विवरण आउन बाँकी रहेको हुँदा क्षतिको मात्रा अझ बढ्ने उहाँको भनाइ छ । शिवसताक्षीको गजुरमुखी मौरी फर्मकी सञ्चालक धनमाया पाठकले १७ घार मौरी चराउन लगिएको अवस्थामा चारआलीको जङ्गलमा मरेको जानकारी दिनुभयो । पशुपति मह उद्योगका सञ्चालक पशुपति बस्नेतले अज्ञात रोगका कारण १० घार मौरी घरमै मरेको बताउनुभयो । सोम दाहालको ४०, सन्तकुमारी मुखियाको ३५, धनमाया थापाको २०, टीका थापाको २५, पूmलकुमारी चौधरीको १०, नन्दकुमार दङ्गालको ३१ र डिकुरादेवी गजुरेलको ३५ घार मौरी अज्ञात रोगले मरेको छ ।

    मौरीपालन व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका स्थानीय किसान मौरी मर्ने घटना बढेपछि चिन्तित बनेका छन् । मौरीको घारको बीमा नगरिएका कारण क्षतिपूर्ति पाउने सम्भावना पनि छैन । झापाको शिवसताक्षी मौरीपालनका लागि केन्द्र मानिन्छ । जहाँ तीन हजार घार मौरी पालिँदै आएको छ । यहाँ वार्षिक ११ टन मह उत्पादन हुने गरेको मह उत्पादन केन्द्रका सचिव तथा पूर्ववरिष्ठ बाली संरक्षण अधिकृत राजेन्द्रप्रसाद खरेल बताउनुहुन्छ ।

    मह प्रशोधन केन्द्रले किसानबाट रु ४०० प्रतिकेजीका दरले मह खरीद गर्दै आएको छ । यो हिसाबले शिवसताक्षीमा वार्षिक रु चार करोड २० लाखको मह उत्पादन हुने गरेको छ । मौरी मरेर सोत्तर भएपछि किसानले अपूरणीय क्षति व्यहोर्नु परेको खरेल बताउनुहुन्छ । कैयौँ किसानले भर्खर ऋण लिएर मौरी पाल्न शुरु गरेका थिए । कसरी कर्जा तिर्ने भन्ने समस्याले किसानलाई सताउन थालेको छ ।
    “मौरीको घार खरीद गरेको ऋण तिर्न बाँकी नै छ, अब कसो गर्ने ?”, गजुरमुखी मौरी फार्मका सञ्चालक धनमाया पाठकले चिन्ता व्यक्त गर्दै भन्नुभयो । उहाँको १७ घार मौरी चराउन लगिएको अवस्थामा चारआलीको जङ्गलमा मरेको थियो । सत्र घार मौरी मर्दा रु दुई लाख ५५ हजार बराबरको क्षति भएको छ ।

    व्यवस्थापक दाहालले मौरीमा रोगको लक्षण केही नदेखिएको जनाउँदै झार मार्ने विषादीको अत्यधिक प्रयोगका कारण चरनमा भएको बेला पानी पिउँदा मौरी मरेको हुनसक्ने बताउनुभयो । मौरी मर्ने रोग पनि हुने जनाउँदै कृषि विज्ञ राजेन्द्रप्रसाद खरेलले मौरीपालन व्यवसाय नै धराशायी हुने जोखिम बढेको बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.