सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमालेमा एकताका लागि १० बुँदे सहमति, रघुजी पन्तबाहेक सबैको हस्ताक्षर


  •    न्युजभित्तो/२७ असार २०७८, आईतवार २३:२० 
  • काठमाडौं । नेकपा एमालेमा पार्टी ए्कताका लागि संस्थापन पक्ष र नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ । आज दिनभरि बसेको कार्यदलको वैठकले उक्त सहमति जुटाएको हो । सहमतिको मस्यौदामा माधव नेपाल पक्षका रघुजी पन्तबाहेक अरु सबै सदस्यले हस्ताक्षर गरेका छन् ।

    सहमतिअनुसार पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरु अब नवौं राष्ट्रिय महाधिवेसनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम २०७५ साल जेठ २ गतेको संगठनात्मक अवस्थाबाट क्रियाशील हुने भएका छन् । यसैगरि २०७७ साल फागुन २४ गतेको अदालतको फैसलाबाट एमाले पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था र एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक तथा संगठनात्मक काम–कारवाहीहरु स्वतः बदर भएको सहमतिपत्रको तेस्रो बुँदामा उल्लेख छ ।

    नेकपाको विभाजनपछि एमालेमै रहेका पूर्वमाओवादी नेताहरुले पूर्ववत जिम्मेवारी नै पाउने भएका छन् । नेकपामा रहँदा स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहेका नेताहरुलाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको सहमतिमा उल्लेख छ । अन्य नेताहरुलाई नेकपामा रहँदा सरहको कमिटीमा संगठिन गरिने भनिएको छ ।

    यस्तै पार्टीमा महत्वपूर्ण योगदान गरेकाहरुलाई मौजुदा केन्द्रीय कमिटीको कूल सदस्य संख्याको १० प्रतिशतमा नबढ्ने गरी उक्त कमिटीमा मनोनित गरिने उल्लेख छ । प्रतिनिधिसभाको विघटन सम्वन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्वन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुरुप अघि बढ्ने जनाइएको छ ।

    आज भएको १० बुँदे सहमतिमा माधव नेपाल पक्षका रघुजी पन्तले हस्ताक्षर गरेका छैनन् । उनले भोली हस्ताक्षर गर्ने भनेर पन्छिएको स्रोतले बतायो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.