सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बर्दघाटको पहाडी क्षेत्रमा पहिलोपटक विद्युतीकरण


  •    न्युजभित्तो/२७ असार २०७८, आईतवार १२:४६ 
  • परासी, २७ असार । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित बर्दघाट नगरपालिकाको पहाडी क्षेत्रमा पहिलोपटक विद्युतीकरण भएको छ ।
    गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । बर्दघाट–२ स्थित पहाडी बस्ती बाँसखोला र संसारकोटमा विद्युतीकरणको सेवा पुगेको वडाध्यक्ष दया दर्लामीले जानकारी दिनुभयो । यसअघि यहाँका बासिन्दाले टुकीको भरमा जीवन बिताइरहेका थिए ।
    विद्युतीकरणको लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारीले शुभारम्भ गर्नुभएको थियो । नेपाल विद्युत् प्राधिकरणको पूर्ण ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत विनियोजित बजेट र बर्दघाट नगरपालिकको लागत साझेदारीमा विद्युत्को पहुँच पुगेको नेपाल विद्युत् प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख जगन्नाथ झाले जानकारी दिनुभयो ।
    उहाँका अनुसार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट रु ८५ लाख ९१ हजार २०३ र नगरपालिकाको रु नौ लाख ७८ हजार ७४६ लागतमा विद्युतीकरण गरी बाँसखोलाका ४४ मध्ये हाल ३० घर र संसारकोटका सात घरमा शनिबारदेखि बिजुली बालिएको छ । उनीहरुलाई बिजुली मिटर पनि निःशुल्क जडान गरिएको छ ।
    प्राधिकरणका अनुसार संसारकोटमा ३.२ किलोमिटर एचटी लाइन निर्माण गरी ७५ थान फलामको पोल प्रयोग गरिएको छ भने एलटी लाइन ०.७५ किलोमिटर निर्माण गर्न १५ थान फलामको पोल निर्माण गरिएको छ । बाँसखोलामा तीन किलोमिटर एचटी लाइन निर्माण गरी ७३ थान सिमेन्टको पोल प्रयोग गरिएको छ भने एलटी लाइन १.१ किलोमिटर निर्माण गरी २० थान सिमेन्टको पोल प्रयोग गरिएको छ ।
    यस स्थानमा विद्युतीकरणका लागि आवश्यक ट्रान्सफरमरलगायत लाइन निर्माणका लागि आवश्यक सामग्रीका लागि नपुग रकम नगरपालिकाले उपलब्ध गराएको नगरप्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो । विद्युतीकरणपछि गाउँमा खुशीयाली छाएको स्थानीयवासी देवान गुरुङले बताउनुभयो । यसअघि पहाडी क्षेत्रका आम्बास, सुखौरा, धुरकोट फेदीमा केही वर्षअघि बिजुलीको पहुँच पुगेको थियो । अब पटुके, बिहारीलगायतका बस्तीमा विद्युतीकरणको सेवा पुग्न बाँकी रहेको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.