विकास मात्र भन्दा पनि वातावरणमैत्री विकासमा महानगर अग्रसर छ : रेनु दाहाल
न्युजभित्तो/२६ असार २०७८, शनिबार १६:२९
चितवन,२६ असार । चितवनमा माओवादी विद्रोहमा ज्यान गुमाएकी शहिद शारदा श्रेष्ठ (ऋतृ)को स्मृतिमा तीन किलोमिटर सडकलाई शहिद शारदा ऋतु मार्ग नामाकरण गरिएको छ ।जनयुद्धको क्रममा ज्यान गुमाएकी कलाकार ऋतृको गाँउको सडकमा पहिलो चरणमा ६ सय मिटर पक्की पिच निर्माण सम्पन भएपछि आज उद्घाटन सहित सडकको दायाँबायाँ दुवै तिर वृक्षारोपण समेत शुभारम्भ गरिएको छ ।
५० लाख रुपैयाँ लागतमा पहिलो चरण ६ सय मिटर पक्की पिच भएको सडक १६ मिटरको बाटो कायम गरि ६ मिटर चौडाईमा ६ सय मिटर पक्की पिच गरिएको फुलवारी गोपालगञ्ज टोल विकास संस्थाका अध्यक्ष भेषराज गौतमले जानकारी दिनुभयो ।
भरतपुर १५ फूलबारी स्थित फुलवारी गोपालगञ्ज टोल विकास संस्था अन्तर्गत पर्ने सहिद शारदा ऋतु मार्गको एक समारोहका विच भरतपुर महानगरकी मेयर रेनु दाहालले उद्धघाटन गनुभएको छ । । सो अवसरमा बोल्दै मेयर दाहालले विकासको रफ्तारमा भरतपुरले हरियाली प्रवर्द्धनसहित सौन्दयकरण गर्ने अभियान सुरू गरिसकेको बताउनु भयो । विकासमा हातेमाले आवश्यक छ, उहाँले भन्नुभयो जनस्तरबाट आएको योजनालाई प्रथामिकता दिदै भरतपुरको सबै वडामा विकास एउटै रफ्तारमा छ ।
उहाँले भुगोलको हिसाबले सबैभन्दा ठुलो क्षेत्रफल भएको वडा नम्बर १५ मा यस आर्थिक बर्षमा १० करोड बजेट विनियोजन गरि विकास निर्माणलाई अगाडी बढाएको जानकारी दिनुभयो। उहाँले दिगो विकासका लागि भरतपुरमा हरियाली प्रवर्द्वनसहित सौन्दयकरण गर्ने अभियानले नयाँ फड्का मार्ने बताउनु भयो । विकास भएर मात्र भन्दा पनि वातावरणमैत्री विकासमा यतिवेला भरतपुर अग्रसर भएको मेयर रेनुको भनाइ थियो ।
भरतपुरमा सबै क्षेत्रको सहयोग सहकार्यकै कारण महानगरको अग्रसरमा ५ सय किलोमिटर सडक पिच गर्ने काम सम्पन्न भई नुमना सडक निर्माणमा महानगरले प्रथामिकता दिने काम तीव्र रुपमा अगाडी बढाएको मेयर रेनुले स्पष्ट पानुभयो । आफुहरु पक्की मात्र नभई नमुना सडक निर्माण अग्रसर भएको भन्दै सडक निर्माणको गुणस्तरमा चनाखो बन्न जनतालाई आग्रह पनि उहाँले गर्नु भयो ।
यस्तै सोही वडाका वडावासी एवंम् कपिलवस्तु डिभिजन वन कार्यालयका प्रमुख दुर्गा कार्कीले विकासलाई वतावरण जोडेर विकास गरे मात्रै त्यो दिगो बन्ने बताउनु भयो । उहाँले दिगो विकासमा हरियाली महत्वपूर्ण हुने भन्दै हरेक सडकको दायाँबायाँ वृक्षारोपण अभियान मात्रै नभई संरक्षणमा पनि ध्यान दिन अपिल गर्नु भयो ।
यस्तै चितवन डिभिजन वन कार्यालयका सहायक वन अधिकृत बालकृष्ण खनालले वातावरणमैत्री सडक निर्माणले केहि बर्षमा भरतपुर हरियाली नमुना भरतपुरको रुपमा समेत पहिचान दिलाउने बतानुउ भयो ।
फुलवारी गोपालगञ्ज टोल विकास संस्थाका अध्यक्ष भेषराज गौतमले भरतपुर महानगरले स्थानिय जनताको मागलाई मध्यनजर गर्दै टोल टोलमा हरियालीसहितको सडक निर्माण कार्यलाई धन्यवाद दिदै थप जनमैत्री कामा ध्यान दिन आग्रह गर्नु भयो । कार्यक्रममा बाटो समितिका अध्यक्ष केशव अधिकारी, सहिद परिवारका अगुवा अञ्जनकुमार तिमिल्सीना, सहिद शारदाका बुबा नारायण श्रेष्ठ, सिर्जनशील आमा समृहकी अध्यक्ष भगवती अधिकारी, भरतपुर महानगरका सचिवालय सचिव गोपालकृष्ण न्यौपाने लगायतले बोल्नु भयो ।