सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध


  •    न्युजभित्तो/२६ असार २०७८, शनिबार १४:४४ 
  • पर्वत, २६ असार । निर्माणाधीन मध्यपहाडी लोकमार्ग पटकपटक अवरुद्ध हुँदा यात्रु सास्ती खेप्न बाध्य भएका छन् ।

    यही असारको शुरुमै मनसुन भित्रिएकाले दैनिकजसो सडकमा खसेका पहिराले निर्माण कम्पनी मात्रै नभएर स्थानीयवासी, यात्रुलगायत सबैले सास्ती खेप्नु परिरहेको छ । सडकको पर्वत खण्डअन्तर्गत बागलुङ सीमाको मालढुङ्गादेखि कास्कीको सीमा नयाँपुलसम्म असारयता दैनिकजसो अवरोध हुने गरेको छ ।

    दैनिकजसो परेको झरीसँगै खस्ने पहिरो तथा सडक हुँदै बग्ने सानातिना खहरे खोलामा आउने बाढीका कारण सडक दैनिकजसो अवरोध हुने गरेको हो । गत मङ्गलबार सोही सडकको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनका मुख्य इन्जिनीयर नै बेपत्ता हुने गरी उर्लिएको कुश्मा–८ दोबिल्लास्थित सुन्दरेखोलाले सडकको करीब ५० मिटर भागमा क्षति बनाएपछि अहिले एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको छ । बाढीले बगाएका इन्जिनीयर र चालकको अवस्था अझै अज्ञात छ । लामा कन्स्ट्रक्सनका निर्देशक पीताम्बर बडूले सर्वसाधारणले दुःख पाउन नपरोस् भनेर यातायात खुलाउन निकै प्रयास भइरहेको बताउनुभयो ।

    लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका­२ अर्मादी र नयाँपुलको बीचमा खसेको पहिरो हटाएर सडक सहज बनाउन कम्तीमा चार दिन लाग्ने उहाँको भनाइ छ । पहाड नै खसेर अवरोध गरेपछि अहिले ब्रेकर लगाएर ढुङ्गा फोर्ने काम भैरहेको छ । मध्यपहाडी राजमार्गको यो खण्ड धौलागिरिका मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतलाई गण्डकी प्रदेश तथा देशभरका अरू जिल्लासँग जोड्ने एकमात्र स्थलमार्ग हो ।

    यसको भरपर्दो वैकल्पिक मार्ग छैन । निर्माणाधीन कालीगण्डकी करिडोर पनि वर्षासँगैका पहिराले क्षतविक्षत् हुँदा आवतजावत टुटेको छ । दैनिकजसो घण्टौं सडक अवरुद्ध भएपछि बिरामी तथा अत्यावश्यक कामका लागि प्रदेश राजधानी तथा अन्यत्र आउजाउ गर्नेहरूले निकै सास्ती भोगिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले पहिरो हटाएर राजमार्ग सहज बनाउने प्रयास भइरहेको बताउनुभयो ।

    ‘‘दैनिकजसो फरक–फरक ठाउँमा पहिरो झरिरहेको छ,’’ उहाँले भन्नुभयो, ‘‘सम्बन्धित निकायलाई भनेर हामीले सक्दो छिटो खुलाउने प्रयास गरिरहेकै छौं ।’’ बागलुङ, बेनीलगायतबाट आउजाउ गर्ने साना सवारीलाई भने सहस्रधारा–पाङ–अर्मादी हुँदै वैकल्पिक सडक प्रयोग गर्न लगाइएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.