सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रवासमा नेपाली पत्रकारहरुलाई एकजुट गर्न गठन भयो गैरआवासीय नेपाली पत्रकार महासंघ


  •    न्युजभित्तो/२६ असार २०७८, शनिबार १३:३६ 
  • लन्डन, २६ असार । प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारले गैरआवसीय पत्रकार महासङ्घ गठन गरेका छन् । भर्चुअल माध्यमबाट बुधबार बसेको पत्रकारहरुको भेलाले बिबिसी नेपाली सेवाका पूर्व पत्रकार भागिरथ योगीको अध्यक्षतामा नौ सदस्यीय महासङ्घ गठन गरेको हो ।

    प्रवासी नेपालीको साझा संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सँग सहकार्य गरी काम गर्ने बताइएको छ । महासङ्घले नेपालबाहिर भारतलगायत मुलुकमा क्रियाशील नेपाली तथा नेपाली मूलका पत्रकारलाई पनि समेट्ने गरी आगामी ९० दिनभित्र सङ्घको विधान बनाई त्यसको १८० दिनभित्र नयाँ कार्यसमिति गठन गरिसक्ने जनाएको छ ।

    महासङ्घका राष्ट्रिय शाखा भने तत्काल गठन गरिने नवनियुक्त योगीको भनाइ छ । महासङ्घको उपाध्यक्षमा तोया दाहाल (अमेरिका), उपाध्यक्षमा श्याम लुइँटेल (युके), महासचिवमा कृष्ण केसी (अमेरिका) रहनुभएको छ । यसैगरी सचिवमा अनिल अधिकारी (अमेरिका), छत्र शङ्कर (अष्ट्रेलिया), खगराज गौतम (जापान), अनुजा बुढाथोकी (साउदी अरेबिया) र सहकोषाध्यक्ष महेश खाती (डेनमार्क) हुनुहुन्छ । त्यस्तै सल्लाहकारमा डा भरतराज पौडेल (अस्ट्रेलिया) तथा डा जगन अधिकारी (युके) रहनुभएको छ ।

    यस्तै जुन देशमा महासङ्घ दर्ता हुन्छ, त्यही देशबाट कोषाध्यक्ष मनोनयन गरिने जनाइएको छ । गैरआवासीय नेपाली पत्रकार महासङ्घ नेपालबाहिर बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा युरोपका कुनै एक देशमा दर्ता गरिने जनाइएको छ । त्यस्तै सल्लाहकारमा डा भरतराज पौडेल (अस्ट्रेलिया) तथा डा जगन अधिकारी (युके) रहनुभएको छ । बितेको एक दशकमा नेपालबाहिर नेपाली अनलाइन पोर्टल लगायतका सञ्चारमाध्यमको उल्लेख्य वृद्धि भएको छ । तिनको दिगोपना र गुणस्तरमा भने समस्या देखिएको छ ।

    त्यस्तै प्रवासमा क्रियाशील सबै पत्रकारलाई मान्य हुने गरी आचारसंहिताको विकास गर्नुपर्ने आवश्यकता पनि देखिएको बताइएको छ । साथै अमेरिका, युरोप, अस्ट्रेलिया लगायतका मुलुकमा क्रियाशील नेपाली पत्रकारका संस्थासँग सहकार्य गरी प्रवासमा नेपाली पत्रकारितालाई अरू बढी गरिमापूर्ण र व्यावसायिक बनाउन महासङ्घ गठन गरिएको महासङ्घका अध्यक्ष योगी बताउनुहुन्छ ।

    महासङ्घले विदेशमा रहेका नेपाली पत्रकारलाई सङ्गठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्ने, सञ्चार क्षेत्रको विकासका लागि नेपालमा रहेका पत्रकारितासँग सम्बन्धित सङ्घसंस्थासँग सहकार्य गर्ने, प्रवासमा नेपाली भाषा, कला, संस्कृति र नेपाली पहिचानको प्रवद्र्धनका लागि काम गर्ने जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.