सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मोरङमा आफ्नै दाइको हत्या गरेको आरोपमा युवक पक्राउ


  •    न्युजभित्तो/२६ असार २०७८, शनिबार १३:०७ 
  • काठमाडौं,२६ असार । आफ्नै दाइको हत्या गरेको आरोपमा प्रहरीले मोरङमा एक युवकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-५ पृथ्वी चोकका साजन सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

    साजनले शुक्रबार राति आफ्नै दाजुको हत्या गरेको र राति नै उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    घरायसी विवाद हुँदा शुक्रबार राति साढे १० बजे साजनले आफ्नै दाइ ४२ वर्षीय भोलालाई चक्कुले हानेका थिए । चक्कुले भोलाको शरीको विभिन्न ठाउँमा गहिरो चोट लागेको थियो ।

    भाइको कुटपिटबाट गम्भीर घाइते भएका भोलाको उपचारका क्रममा विराट अस्पतालमा राति ११ बजे नै मृत्यु भएको प्रहरीले जनाएकको छ । त्यसकै केही समयपछि राति साढे ११ बजे ने साजनलाई नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका साजनविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान शुरु गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.