सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

के मेस्सीले अर्जेन्टिनाको २८ वर्षे उपाधि खडेरी तोड्लान ?


  •    न्युजभित्तो/२६ असार २०७८, शनिबार ११:५२ 
  • काठमाडौं,२६ असार । विश्वकै सबैभन्दा पूरानो फुटबल प्रतियोगिता कोपा अमेरिकाको ४७ औं संस्करणको उपाधिका लागि ल्याटिन अमेरिकन दुई पावर हाउस ब्राजिल र अर्जेन्टिना भिड्दैछन् ।

    ब्राजिलमै भइरहेको यस प्रतियोगिताको फाइनलमा उत्रिदा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीका लागि पहिलो मुख्य प्रतियोगिताको उपाधि जित्ने अवसर हुनेछ ।

    फाइनल खेल शनिबार (नेपाली समयअनुसार आइतबार बिहान) रियो दि जेनरियोस्थित माराकाना स्टेडियममा हुँदैछ ।

    ३४ वर्षीय मेस्सीले बार्सिलोनाबाट १० पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । ६ पटकको बालोन डे ओर विजेता मेस्सीले अर्जेन्टिनाका लागि भने सन् २००८ मा चीनमा भएको ओलम्पिकमा मात्रै स्वर्ण पदक जितेका थिए ।

    उता ब्राजिलका डिफेण्डर मार्क्वन्होसले मेस्सीलाई आफ्नो उद्देश्यमा पुग्नबाट रोक्न प्रयास गर्ने बताएका छन् ।

    २०२१ को कोपा अमेरिका अर्जेन्टिनाको लागि मेस्सीको १०औं मुख्य प्रतियोगिता हो । उनी छैटौं पटक कोपा अमेरिका खेलिरहेका छन् भने चार पटक विश्वकप खेलिसकेका छन् ।

    विश्वकपमा मेस्सीले कुल १९ खेल खेल्दा १२ खेल जितेका छन भने ४ खेल हारेका छन् । उनले ४ विश्वकपमा ६ गोल गरेका छन् । यस्तै कोपामा उनले ३३ खेल खेल्दा २० खेल जितेका छन् भने ३ खेल मात्र हारेका छन् । जसमा उनले १३ गोल गरेका छन् ।

    फिफा वरीयतामा आठौं स्थानमा रहेको अर्जेन्टिनाले पछिल्लो पटक १९९३ मा कोपा जितेपछि चार पटक कोपा फाइनल हारिसकेको छ । यस पटक अर्जेन्टिनालाई सर्वाधिक १५ पटक उपाधि जित्ने उरुग्वेको कीर्तिमान बराबरी गर्ने अवसर छ
    अर्जेन्टिनाले सन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेयता मुख्य प्रतियोगिताको उपाधि जित्न सकेको छैन । यस पटक उसको अगाडि साविक विजेता ब्राजिल छ ।

    स्पानिस क्लब बार्सिलोनामा सम्झौता सकिएका मेस्सीले ब्राजिलमा जारी कोपामा ४ गोल गरिसकेका छन् ।

    कुनै समय बार्सिलोनमा टिममेट रहेका ब्राजिलका नेयमार पनि आफ्नो देशबाट पहिलो मुख्य पउपाधिको खोजीमा छन् ।

    सन् २००७ यता ब्राजिल र अर्जेन्टिना पहिलो पटक कोपा फइनलमा भिड्दैछन् ।

    अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानी चिरपरिचित प्रतिद्वन्द्वीविरुद्ध फाइनल खेल्न लागेको र यी दुई टिम दक्षिण अमेरिकाकै दुई शक्तिशाली टिम रहेको बताए । उनले खेल उत्कृष्ट हुने आशा राखेका छन् ।

    दक्षिण अमेरिकाका १० राष्ट्र सहभागी कोपाको यस संस्करण शुरुमा कोलम्बिया र अर्जेन्टिनामा हुने तय थियो । तर कोरोना महामारीले गर्दा एक वर्ष ढिलाइ भएको प्रतियोगिता अन्तिम सममया ब्राजिलमा आयोजना गरियो ।

    १० टिमलाई दुई समूहमा विभाजन गरिएको थियो । दुवै समूहका शीर्ष चार टोली क्वाटरफाइनल पुगेका थिए ।

    ब्राजिलले क्वाटरफाइनलमा चिली र सेमिफाइनलमा पेरुलाई समान १-० ले हरायो । उता क्वाटरफाइनलमा इक्वेडरलाई ३-० ले सहजै हराएको अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्‍यो ।

    अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्ला ?

    फिफा वरीयतामा आठौं स्थानमा रहेको अर्जेन्टिनाले पछिल्लो पटक १९९३ मा कोपा जितेपछि चार पटक कोपा फाइनल हारिसकेको छ । यस पटक अर्जेन्टिनालाई सर्वाधिक १५ पटक उपाधि जित्ने उरुग्वेको कीर्तिमान बराबरी गर्ने अवसर छ ।

    के त्यसमा अर्जेन्टिना सफल होला त ? दुई वर्षअघि घरेलु मैदानमा उपाधि जितेको ब्राजिलले भने अहिलेसम्म ९ पटक मात्र कोपा जितेको छ र सर्वाधिक जित्नेमा तेस्रो स्थानमा छ । ब्राजिल लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ ।

    ब्राजिलका डफेण्डर मार्क्विन्होसले यस खेललाई सामान्य फुटबलभन्दा पनि अझ बढी मानेका छन् । यो जर्सीले सारा विश्वलाई खेल हेर्नका लागि आकर्षण गर्ने उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.