सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अन्तरजातीय विवाहका कारण जङ्गलमा लुक्न बाध्य दम्पती जोडीलाई घर पुगेपछि आफन्तले छुटाइदिए


  •    न्युजभित्तो/२५ असार २०७८, शुक्रबार १६:०२ 
  • धनगढी,२५ असार । कैलालीमा अन्तरजातीय विवाह गरेर जंगलमा लुक्न बाध्य भएका एक जोडीलाई घर पुगेपछि युवतीका आफन्तले छुटाइदिएका छन् ।

    असार पहिलो साता घरबाट भागेर अन्तरजातीय विवाह गरेका भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र जानकी गाउँपालिकाकी मालती रावललाई घर पुगेपछि शुक्रबार युवतीका आफन्तले छुटाएर लगेका हुन् ।

    विवाह गरेर जंगलमै लुकेर बसेका उनीहरुले भिडियो सार्वजनिक गर्दै आफूहरुलाई परिवारले स्वीकार नगरेको भन्दै सहयोगका लागि अपील गरेका थिए । तर भजनी नगरपालिका–४ स्थित प्रकाशको घरमा पुगेपछि शुक्रबार आएको २५–३० जनाको समूहले युवतीलाई छुटाएर लगेको आफन्तले बताएका छन् । नातामा प्रकाशका बाजे पर्ने भजनी नगर कार्यपालिका सदस्य समेत रहेका प्रताप ताम्राकारले शुक्रबार दिउँसो साढे १ बजेतिर युवतीलाई २५–३० जनाको समूहले जीपमा हालेर लगेको बताए ।

    ‘केही दिन पहिले विवाह गरेर युवतीलाई ल्याएको थियो,’ ताम्राकारले भने, ‘धेरै दिन केटाकेटी जंगलमै बसेका थिए । तर आज दिउँसो युवती पक्षले उनलाई घरबाटै छुटाएर लग्यो ।’ उनकाअनुसार उनीहरु दुवै जना एक वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

    असार १७ गते युवतीका आफन्तले घरबाट हराएको भन्दै खोजीका लागि निवेदन दिएका थिए । दुवै जनाको उमेर २० वर्ष भन्दा कम रहेको छ ।

    दुवै पक्षलाई प्रहरीले बोलायो

    युवायुवतीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि कैलाली प्रहरीले समेत त्यसमा चासो लिएको छ । शुक्रबार प्रकाशको घरमै पुगेको इलाका प्रहरी कार्यालय भजनीको टोलीले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

    इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरबहादुर साउदले अहिले दुवै पक्षलाई छलफलका लागि बोलाएको बताए । उनीहरु कार्यालयमा पुगेपछि थप कुरा थाहा हुने उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.