सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अवरुद्ध जयपृथ्वी राजमार्ग पुनःसञ्चालनमा


  •    न्युजभित्तो/२५ असार २०७८, शुक्रबार १५:५२ 
  • बैतडी, २५ असार । पहिराका कारण गएरातिदेखि अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण खोड्पे–बझाङ सडक खण्डअन्तर्गत ढोल्यामोडमा बिहीबार राति १० बजे खसेको पहिराले राजमार्ग अवरुद्ध भएको थियो ।
    सडक माथिबाट खसेको पहिरो एस्काभेटरको सहयताले पन्छाएपछि आज दिउँसोदेखि राजमार्ग खुलेको प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । अवरुद्ध राजमार्ग करीब १४ घण्टापछि पुनःसञ्चालनमा आएको हो । राजमार्ग अवरुद्ध हुँदा बझाङतर्फ जाने गाडी र बझाङबाट अन्यत्रका लागि छुटेका गाडी बीचबाटामै रोकिएका थिए ।
    रोकिएका गाडी र यात्रु राजमार्ग पुनःसञ्चालनमा आएसँगै आ–आफ्नो गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ । पहिराका कारणले उक्त राजमार्ग बेलाबेलामा अवरुद्ध हुने गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.