सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई पक्षबीच कुटपिट हुँदा सप्तरीमा एकजनाको मृत्यु


  •    न्युजभित्तो/२५ असार २०७८, शुक्रबार १५:२७ 
  • सप्तरी,२५ असार । वैदेशिक रोजगारीका लागि विदेश जानेका परिवार र विदेश पठाइदिने व्यक्तिबीच भएको कुटपिटमा परी सप्तरीमा एकजनाको मृत्यु भएको छ ।

    खडक नगरपालिका वडा नम्बर ९ लालपट्टी टोलमा वैदेशिक रोजगारमा पठाएकोमा राम्रो काम नपाएको भन्दै विदेश जानेका परिवार र एजेन्टबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय दाउद मियाँ छन् । कुटपिटबाट टाउकोमा चोट लागेर घाइते भएका उनको छिन्मस्ता अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

    राजविराज नगरपालिका वडा नम्बर(९ जगदरीका एजेन्ट सनाउल मामाघर लालपट्टी पुगेको बेला छोरालाई वैदेशिक रोजगारीमा पठाएका इजराइल र अख्तरसँग भएको विवाद कुटपिटमा परिणत भएको थियो ।

    कुटपिटमा संलग्न भएकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.