सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–मुग्लिन सडकअबरुद्धको कारण आन्तरिक हवाइ उडानमा बढ्यो चाप


  •    न्युजभित्तो/२५ असार २०७८, शुक्रबार १३:१० 
  • भरतपुर, २५ असार । नारायणगढ–मुग्लिन सडक खण्डमा निरन्तर पहिरो गएपछि आन्तरिक हवाइ उडानमा चाप बढेको छ । भरतपुरबाट काठमाडौँका लागि हुने सबै उडानहरुमा यात्रुको चाप रहेको भरतपुर विमानस्थलले जनाएको छ ।

    सरकारले असार २३ गतेदेखि आन्तरिक उडानलाई थप खुकुलो बनाएको छ । असार २३ देखि दैनिक बुद्ध एयरको ६ र तारा एयरको २ उडान हुँदै आएको छ । त्यसअघि असार १८ देखि दैनिक तीन वटा मात्रै उडान भएका थिए ।

    नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो गएकाले हवाई यात्रा गर्ने यात्रुको चाप उल्लेख्य रहेको भरतपुर विमानस्थलका सूचना अधिकारी पुस्कलराज शर्माले बताउनुभयो । यात्रुको चापले दुवै एयरका सिट भरिएको शर्माले जानकारी दिनुभयो ।

    बुद्धको एउटा एयरमा ४५ जना र ताराको एउटा एयरमा १६ जना यात्रु अट्ने ,दैनिक ३०० भन्दा बढी यात्रु हवाई यात्राबाट काठमाडौँ जाने गरेको शर्माले बताउनुभयो। त्यसकै हाराहारीमा यात्रु काठमाडौँबाट भरतपुर आउने गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.