सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वायुसेवा निगमको निजीकरणबारे मन्त्रालयका प्रवक्ताको प्रष्टोक्ति


  •    न्युजभित्तो/२४ असार २०७८, बिहीबार १६:०६ 
  • काठमाडौँ, २४ असार । नेपाल वायु सेवा निगमलाई निजीकरण गर्न खोजेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । सरकारले बजेटमा घोषणा गरेअनुसार निगमलाई कम्पनी मोडलमा रूपान्तरण गर्न सकिने सम्भावनाबारे अध्ययन सुरु गरेको छ । सामान्यतया सरकारले घाटामा गएका सार्वजनिक संस्थान निजीकरण गर्न चासो राख्ने गरेको पाइन्छ ।

    घाटामा गएका संस्थानलाई सरकारले निजीकरण गर्नु नै उपयुक्त विकल्पका रुपमा लिँदै आएको देखिन्छ । नेपाल वायु सेवा निगम पनि घाटामा रहेकाले सरकारले यसलाई निजीकरण गर्ने विषयमा अध्ययन सुरु गरेको हो । तर निगमका कर्मचारी भने सरकारको उक्त उद्देश्यप्रति सहमत हुन सकेका छैनन् । उनीहरु संस्थानलाई निजीकरण गर्ने सरकारको तयारीको विरोध गरिरहेका छन् ।

    के सरकारले साँच्चै निगमलाई निजीकरण गर्न खोजेको हो भन्नेबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीसँग रातोपाटीले जिज्ञासा राखेको छ ।

    प्रस्तुत छ, उनको जवाफको सम्पादित अंश–

    वायुसेवा निगमको पुनर्संरचनाका लागि आगामी आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्था कार्यान्वयन गर्न निगमको रणनीतिक सुधारका विभिन्न विकल्पमा छलफल सुरु गरेका छौं । सो विकल्पमध्ये पब्लिक कम्पनीमा लैजाने पनि एउटा विकल्प हो तर यसमा कुनै ठोस निर्णय भएको छैन ।

    यसमा पुँजी संरचना सुधार गर्नु जरुरी छ । वायुसेवा निगम ऐन २०१९ मा यसको अधिकृत पुँजी ५ करोड भनेको थियो । पछि यस्तो पुँजी ३७ करोडसम्म बढेको छ । एकातिर नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर कानुनले नै यसको मुल धन ३७ करोड रुपैयाँ हुने भनेको छ । अर्कोतर्फ यसको कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण करिब ४७ अर्ब सिर्जना भएको छ । यसको सम्पत्ति र दायित्वको अनुपातमा मुल धनको अवस्था समयसापेक्ष देखिँदैन । यसमा पुँजी वृद्धि गर्नु जरुरी छ । पुँजीको संरचना परिवर्तन गर्नुपर्छ ।

    अर्को, यसको रणनीतिक सुधारमा व्यवस्थापन करार र निजीकरण पनि एउटा विकल्प हुन सक्छ । अहिलेकै वायु सेवा निगममा जहाज थप गर्नका लागि निगमलाई व्याजदरमा सहुलियत दिनेजस्ता विकल्प पनि हुन सक्छन् । नेपालको एकमात्र ध्वजाबाहक कम्पनी वायु सेवा निगम भएकाले आपत विपत् तथा संकटमा सरकारको आफ्नै ध्वजाबाहक जहाज सञ्चालन हुनुपर्ने व्यवस्था छ । यसैले गर्दा निगम सुधारका लागि विभिन्न विकल्पमा छलफल भएको हो ।

    यसमा पब्लिक कम्पनी अथवा निजीकरण पनि एउटा विकल्प हुनसक्छ भन्दै छलफल गरेको हो । यस्तो छलफल विगतका वर्ष पनि हुने गरेको थियो । त्यसैले यो नौलो विषय होइन । हरेक वर्ष सरकारले सार्वजनिक संस्थान सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दा पनि घाटामा गएको संस्थानलाई निजीकरण गर्नुपर्ने विकल्पको रुपमा सधैँ अगाडि सार्दै आएको छ । निजीकरणभन्दा पनि पब्लिक कम्पनीमा लैजाने र रणनीतिक सुधार गर्ने र यसको पुँजी संरचना वृद्धि गर्ने मुख्य उद्देश्य हो ।

    निगमका कर्मचारीहरुले निगमको सुधार र संस्थागत उन्नतीका लागि विभिन्न सुझाव दिइरहनु भएको छ । अहिले पनि उहाँहरुले त्यही अनुसार कर्मचारीले सुझाव दिइरहनु भएको हो । व्यवस्थापन र मन्त्रालयले उहाँहरुको सुझाव ग्रहण गरिरहेको छ । उहाँहरुको धारणालाई समेत समेटेर सबै काम अगाडि बढ्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.