सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण र निर्यात विस्तार अबको कार्यसूची’


  •    न्युजभित्तो/२४ असार २०७८, बिहीबार १५:१० 
  • काठमाडौँ, २४ असार । अन्तरराष्ट्रिय सम्बन्ध सञ्चालनमा नेपालले आफ्नो राष्ट्रिय हित प्रवद्र्धन एवं सार्थक आर्थिक साझेदारीलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा अन्तरराष्ट्रिय सम्बन्धका जानकारले जोड दिएका छन् ।

    परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले यहाँ आज आयोजना गरेको अनुसन्धान कार्यशालामा उनीहरुले नेपालको विकासका लागि लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण र निर्यात विस्तार नै अबको प्रमुख कार्यसूची हुनुपर्ने बताए ।

    सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले पाँच वर्षपछि मुलुकलाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिका निम्ति आयोगले कार्ययोजना र रणनीति तयार गरेको जानकारी दिनुभयो ।

    “अन्तरराष्ट्रिय विकास सहायता परिचालन, आर्थिक कूटनीति, उत्पादनशील क्षेत्रमा विप्रेषणको उपयोग, त्यसको औपचारिक आप्रवाह, पर्यटन प्रवद्र्धनलगायत १२ विषयलाई समेटेर तयार गरिएको रणनीति १५औँ योजनाको महत्वपूर्ण मार्गचित्र हो”, दिगो विकासका लक्ष्यप्रतिको नेपालको प्रतिबद्धता र अल्पविकसित राष्ट्रबाट उठ्ने नेपालको रणनीति सुनाउँदै प्रा डा कँडेलले भन्नुभयो ।

    नेपालको राष्ट्रिय हित र समग्र विकास केन्द्रित रणनीतिमा श्रम तथा रोजगारी, जलवायु परिवर्तनसम्बन्धी कोष, शान्ति सुरक्षा र अर्थतन्त्रको उन्नयनलाई उच्च प्राथमिकता दिइएको बताउँदै उहाँले त्यो ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा साकार गर्नेतर्फ परिलक्षित छ भन्नुभयो । देशका बौद्धिक प्रतिष्ठान, विद्वत् संस्था र विश्वविद्यालय शोध र अनुसन्धानका क्षेत्रमा कमजोर रहेको टिप्पणी गर्दै उहाँले तिनलाई प्राज्ञिक संस्थाका रुपमा विकास गर्नुपर्ने सुझाव दिनुभयो ।

    पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अन्तरराष्ट्रिय व्यापार सहजीकरणका लागि आर्थिक कूटनीतिको सशक्त सञ्चालन परिहार्य भएको विचार व्यक्त गर्दै आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन अहिलेको आवश्यकता भएको बताउनुभयो । पर्यटन प्रवद्र्धन तथा आर्थिक कूटनीति सञ्चालनका खातिर ३५ देशविशेष रणनीति बनाएर काम थालिएको जानकारी दिँदै उहाँले पर्याप्त जनशक्ति र स्रोत–साधनकाअभावमा लक्षित उपलब्धि हासिल हुन नसकेको स्वीकार गर्नुभयो ।

    उत्पादन वृद्धि र तिनको गुणस्तर कायम गर्ने तथा निर्यात व्यापार बढाउन निजी क्षेत्रसहित सबै सरकारी निकायबीच समन्वय हुनुपर्ने सुझाव दिँदै उहाँले तत्काल नाफा आर्जन गर्ने प्रवृत्तिबाट मुक्त हुनुपर्ने बताउनुभयो । कुनै उत्पादनको माग बढे पनि गुणस्तरमा सम्झौता गर्ने परिपाटीले निर्यात व्यापार बढाउन कठिन भएको उहाँको कथन थियो । “आयात गर्ने देश मात्र होइन, निर्यात गर्न पनि सक्षम छ”, नेपाल उत्पादन र निर्यात गर्ने राष्ट्र पनि हो भन्ने परिचय स्थापित गर्न जरुरी भएको विचार व्यक्त गर्दै उहाँले भन्नुभयो ।

    परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले निर्यात प्रवद्र्धनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र निर्यात प्रवद्र्धन केन्द्रसँगको साझेदारीमा नेपाली सेवा तथा उत्पादनलाई विश्व बजारमा पु¥याउन भरमग्दुर प्रयास भइरहेको जानकारी दिनुभयो । उत्पादनविशेष रणनीति तयार गरी निर्यात बढाउने प्रयत्न भए पनि कार्यान्वयन पक्ष फितलो भएको टिप्पणी गर्दै उहाँले निर्यात वृद्धि गर्न निजी क्षेत्र अग्रपङ्क्तिमा आउनुपर्ने विचार व्यक्त गर्नुभयो । बहुपक्षीय, क्षेत्रीय र द्विपक्षीय सम्बन्ध विस्तारको उपयोगी माध्यम आर्थिक कूटनीति भएको यथार्थ प्रस्तुत गर्दै परराष्ट्र सचिवले मन्त्रालय र विदेशस्थित नेपाली नियोग नेपालको राष्ट्रिय हित र स्वार्थ प्रवद्र्धनमा प्रतिबद्ध रहेको बताउनुभयो ।

    प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश श्रेष्ठले संस्थाले पछिल्लो समय गरेका अनुसन्धान र आजको छलफलका विषय ‘आर्थिक कूटनीति र अन्तरराष्ट्रिय व्यापार सहजीकरण, दक्षिण एशिया र चीनका मूलधारका विद्वत् प्रतिष्ठानको समीक्षा र कोभिड–१९ का सन्दर्भमा सिमाना व्यवस्थापन, आप्रवासी कामदारको फिर्ती सुरक्षा र नेपालको बाह्य सम्बन्ध’बारे मन्तव्य व्यक्त गर्नुभयो । प्रतिष्ठानले गरेका अनुसन्धानका ती विषयमा नै कार्यशाला आयोजना गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.