सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्लेन चढेर आउने अभियान्ताका कारण अनुसन्धानमा कठिन


  •    न्युजभित्तो/२४ असार २०७८, बिहीबार १४:२९ 
  • चितवन, २४ असार  । चितवन प्रहरीले सुजिता भण्डारी मृत्यु प्रकरणको अनुसन्धानमा कठिनाई भइरहेको जनाएको छ ।

    आज (बिहीबार) पत्रकार सम्मेलन गरी प्रहरीले अनुसन्धानमा तिव्रता दिईएपनि अनावश्यक अवरोधका कारण अनुसन्धानमा कठिनाइ भइरहेको बताएको हो । प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीले अवरोधकाबीच विभिन्न कोणबाट घटना बारे अनुसन्धान भइरहेको भन्दै छिट्टै घटना बारे तथ्य सार्वजनिक गरिने बताए । उनले प्रहरीलाई अनुसन्धानमा सघाउन स्थानीयले भूमिका खेल्नुपर्ने बेलामा उल्टै अनुसन्धानलाई प्रभावित हुने गरी अवरोधहरु सिर्जना भइरहेको आरोप समेत लगाए । ‘हामी न्यायको कुरा गर्छौ, न्याप प्राप्तीको प्रोसेसलाई चाँही अवरोध गर्छौ’ एसपी अधिकारीले भने ‘हाम्रो भनाई र गराईमा तालमेल नमिल्दा अनुसन्धानमा समस्या भइरहेको छ ।’

    प्रहरी उपरीक्षक अधिकारीले प्रमाणहरु जुटाउने, प्रहरीले अनुसन्धान गर्ने र भरपर्दो तथ्यमा आधारित अनुसन्धानका आधारमा निश्कर्ष निकाल्ने प्रक्रियामै जाने गरी काम गर्नुपर्नेमा प्रहरीले सो प्रक्रियामा तिव्र गतिमा जान नसकेको गुनासो गरे । ‘दुःखका साथ भन्नुपर्छ आजको दिनसम्म पनि पीडित परिवारलाई हामीले भनेको बेला र चाहे अनुसार भेट्न पाएका छैनौं’–एसपी अधिकारीले भने । ‘अपराध अनुसन्धानका कुरालाई लिएर सडकमा आवागमन बन्द गर्ने, म सूचना लिन जान्छु भन्दा त्यहाँ अवरोध गर्ने भएपछि न्यायको कुरा गरेर मात्रै कसरी सम्भव हुन्छ’–एसपी अधिकारीले प्रश्न गरे ।

    उनले विभिन्न अभियन्ताका नाममा भइरहेको आन्दोलनले प्रहरी अनुसन्धानलाई थप प्रभावित बनाएको बताए । उनले भने–‘काठमाडौँमा फ्लेक्स प्रिन्ट छापेर, पोको पारेर ब्यागमा हालेर, प्लेनबाट आर्लेर अघिल्लो दिन कुनै गाउँमा बास बसेर समूह तयार पारेर बसेका हुँदा रहेछन् । यसबारे पीडित पक्षलाई कुनै जानकारी हुँदैन, पीडितपक्ष चाँही उहाँहरुविरुद्ध नै हामीसंग बोल्नुहुन्छ ।’

    अहिले अनुसन्धान भन्दा पहिले निश्कर्ष निकालेर तर्कबितर्क गरेर समाजलाई उत्तेजित पार्ने काम भइरहेको भन्दै अहिले सबै संयम भएर बस्नुपर्ने बेला भएको एसपी अधिकारीले बताए । प्रहरी अनुसन्धानको क्रममा मृतक सुजिता र उनकी दिदी कबिताबीच पटक–पटक फोन सम्पर्क भएर सुजिताले मोबाइलबाट डाटा प्याक समेत लिएको देखिएको छ । अपहरण बारे कुनै जानकारी नआउनु र दिदी बहिनीबीच सहज रुपमा फोन संवाद हुन पाउनुले पनि अपहरण नै भएको ठोकुवा गर्न नसकिने प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.