सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज कहाँ-कहाँ छ बाढीको खतरा ? हेर्नुहोस् सूचना


  •    न्युजभित्तो/२४ असार २०७८, बिहीबार १२:०० 
  • काठमाडौँ, २४ असार । देशभर वर्षा हुने क्रम जारी छ । वर्षासँगै विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानले धनजन क्षति पुर्‍याइरहेको छ ।

    यसैले त्यस्तो विपत्ति आउनुभन्दा पहिले होसियारी पुर्‍याउन आवश्यक छ । यसै सन्दर्भमा आज कहाँ कहाँ कुन कुन नदीमा बाढीले क्षति पुर्‍याउने सम्भावना छ भनेर बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ ।

    बिहीबार बिहानको मापन अनुसार नारायणी, रुद्रबेनी जलमापन केन्द्र र तमोर मुलघाट जलमापन केन्द्रमा सतर्कता तह पारेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बहाव सामान्य रहेको तथा सुनकोशी, सप्तकोशी, कालीगण्डकी, सेती खोला, रिदी खोलामा बहाव बढ्दो क्रममा रहेकाले महाशाखाको भनाइ छ ।

    आज कोशीका सहायक नदीहरू सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर तथा नारायणी र यसका सहायक नदीहरू विशेषगरी त्रिशूली, बुढीगण्डकी, कालीगण्डकी, मर्स्याङ्दी लगायतमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने महाशाखाको पूर्वानुमान छ । त्यस्तै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ लगायतमा बहाव उल्लेख्य बढ्ने र यिनका केही स–साना सहायक नदीहरूमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रहरूका क्रियाकलापमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    बाढी पूर्वानुमान महाशाखाले असार २३ अपराह्नदेखि २५ सम्म नारायणी र यसका सहायक नदीहरू विशेषगरी बुढीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकी लगायतका नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता पार गर्ने बताएको छ। यसैगरी सप्तकोशी र यसका सहायक नदीहरू सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण तमोर लगायतका नदीहरूमा बहाव बढ्ने तथा केहीमा सतर्कता तह आसपास पुग्ने तथा तिनाउ, कन्काई, कमला, बागमती र यिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा उक्त अवधिभर विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.