सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ब्राजिल र अर्जेन्टिनाको ‘ड्रिम फाइनल’ तय


  •    न्युजभित्तो/२३ असार २०७८, बुधबार १२:४८ 
  • काठमाडौं,२३ असार। सबैको अपेक्षा अनुसार नै विश्व फटबलका दुई चर्चित राष्ट्र ब्राजिल र अर्जेन्टिना ४७औं संस्करणको कोपा अमेरिकाको फाइनल भिड्ने भएका छन् ।

    बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई पराजित गर्दै ब्राजिलसँग फाइनल भिडन्त तय गरेको हो ।

    गोलकिपर एमिलियानो मार्टिनेज नायक बन्दै ३ पेनाल्टी रोकेपछि अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हरायो ।

    त्यसअघि साविक विजेता तथा घरेलु टोली ब्राजिलले गत संस्करणको उपविजेता पेरुलाई हराएर फाइनलमा स्थान पक्का गरिसकेको छ ।

    अब आइतबार बिहान माराकान स्टेडियममा ब्राजिल र अर्जेन्टिनाबीच फाइनल खेल हुनेछ ।

    २०२० मै तय भएको कोपा कोरोना महामारीले गर्दा एक वर्षपछि भएको थियो । शुरुमा अर्जेन्टिना र कोलम्बिया नै यस संस्करणको आयोजक थिए तर कोलम्बियामा प्रदर्शन र अर्जेन्टिनामा कोरोना महामारीको प्रभावका कारण ब्राजिल नयाँ आयोजक बन्यो ।

    दक्षिण अमेरिकाका १० टिम सहभागी प्रतियोगितामा ब्राजिल र अर्जेन्टिना अपराजित बन्दै फाइनल पुगेका हुन् ।

    अर्जेन्टिनाले १४ पटक कोपाको उपाधि जितिसकेको छ र यस पटक च्याम्पियन बने सर्वाधिक १५ पटक जित्ने उरुग्वेको कीर्तिमान बराबरी गर्नेछ ।

    सर्वाधिक ५ पटक फिफा विश्वकप जितेको ब्राजिलले भने ९ पटक मात्र कोपा जितेको छ र सर्वाधिक उपाधि जित्नेमा तेस्रो स्थानमा छ ।

    अर्जेन्टिनाले सन् १९९३ मा पछिल्लो पटक कोपा जितेको थियो । त्यसयता कुनै पनि ठूलो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । २००४ यता अर्जेन्टिनाले चार पटक कोपाको फाइनल र एक पटक विश्वकपको फाइनल खेलिसकेको छ । ब्राजिलले भने २१औं शताब्दीमै ३ पटक कोपा अमेरिकाको उपाधि जितिसकेको छ । सन् २००४ र २००७ को फाइनलमा अर्जेन्टिनालाई हराएर ब्राजिलले उपाधि जितेको थियो । अर्जेन्टिना त्यसपछि पनि दुई पटक फाइनलमा पराजित भयो । अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।

    अहिलेसम्म २८ पटक फाइनल खेल्दा अर्जेन्टिना १४ पटक च्याम्पियन र १४ पटक नै उपविजेता बनेको छ । यस्तै २० पटक फाइनल पुगेको ब्राजिलले ९ पटक उपाधि जित्दा ११ पटक उपविजेता बनेको छ

    २०११, २०१५ र २०१६ मा राम्रो प्रदर्शन गर्न नसकेको ब्राजिलले २०१९ मा घरेलु मैदानमै उपाधि जितेको थियो ।

    ब्राजिल र अर्जेन्टिना १४ वर्षपछि कोपा अमेरिकाको फाइनल आमन सामने हुने भएको छ ।

    वर्तमान विश्वकप फुटबलका स्टार खेलाडी लिओनल मेस्सीको कप्तानीमा अर्जेन्टिना यस पटक उपाधि जित्दै झण्डै तीन दशकको उपाधि खडेरी तोड्ने लक्ष्यमा छ । ब्राजिल भने घरेलु मैदानमै फेरि च्याम्पियन बन्न चाहन्छ ।

    सेमिफाइनलमा पेरुलाई हराएपछि ब्राजिलियन स्टार नेयमारले पनि फाइनलमा अर्जेन्टिनासँग खेल्न चाहेको प्रतिक्रिया दिएका थिए ।

    मेस्सी र नेयमारले स्पानिस क्लब बार्सिलोनामा केही वर्ष सँगै बिताएका थिए । अब कोपामा भने यी दुई खेलाडी एक अर्काविरुद्ध मैदान उत्रनेछन् । मेस्सीले पनि आफूहरु साथी भएकोले नेयमारले म पनि त्यहाँ होस् भन्ने चाहेको बताएका छन् ।

    मेस्सीलाई फाइनलमा हार्नुको पीडा राम्रोसँग थाहा छ । सन् २००७, २०१५ र २०१६ मा फाइनल हार्दा मेस्सी अर्जेन्टिनी टिमको सदस्य थिए । पछिल्लो दुई फाइनल मेस्सी नै कप्तान थिए ।

    उता नेयमारले २०१९ को कोपा चोटका कारण गुमाएका थिए । त्यसैले दुवै खेलाडी कोपाको ट्रफी चुम्नका लागि आतुर छन् ।

    कोपाको फाइनल इतिहास हेर्दा अर्जेन्टिना हाबी देखिन्छ । ब्राजिल र अर्जेन्टिनाले कोपाको फाइनलमा अहिलेसम्म १० पटक भिड्दा ८ पटक अर्जेन्टिनाले जितेको छ । ब्राजिलले अर्जेन्टिनाविरुद्ध दुई फाइनल मात्र जितेको छ ।

    अहिलेसम्म २८ पटक फाइनल खेल्दा अर्जेन्टिना १४ पटक च्याम्पियन र १४ पटक नै उपविजेता बनेको छ । यस्तै २० पटक फाइनल पुगेको ब्राजिलले ९ पटक उपाधि जित्दा ११ पटक उपविजेता बनेको छ । जसमा ८ पटक अर्जेन्टिनासँग नै पराजित भयो भने  दुई पटक उरुग्वे र एक पटक पाराग्वेसँग पराजित भएको छ ।

    एउटा रमाइलो संयोग के छ भने ब्राजिलले अहिलेसम्म घरेलु मैदानमा खेलेको सबै कोपाको उपाधि जितेको छ । सन् १९१९, १९२५, १९२९, १९३७ र २०१९ मा आयोजक हुँदा ब्राजिलले उपाधि जितेको थियो । के यसपटक अर्जेन्टिनाले त्यो इतिहास तोड्ला ?

    २०१९ को कोपा को सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता अर्जेन्टिना १९ खेलसमम्म अपराजित छ । ब्राजिललाई अन्तिम पटक हराउने टिम पनि अर्जेन्टिना नै हो । २०१९ को नोभेम्बरमा अर्जेन्टिनासँग हारेयता ब्राजिल १३ खेलसम्म अपराजित छ ।

    फाइनलसम्म आउँदा दुई टोलीको प्रदर्शन

    यस पटक सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । जसमा समूहमा ‘ए’ मा अर्जेन्टिनासहित उरुग्वे, पाराग्वे, चिली र बोलिभया थिए । समूह ‘बी’ मा ब्राजिलसहित पेरु, कोलम्बिया, इक्वेडर र भेनेजुएला थिए ।

    बोलिभिया र भेनेजुएला समूह चरणबाटै बाहिरिए । यस्तै सेमिफाइनलमा समूह ‘ए’ बाट अर्जेन्टिना मात्र पुग्दा समूह ‘बी’बाट ब्राजिल, पेरु र कोलम्बिया पुगेका थिए ।

    फाइनलमा भने दुवै समूहमा एक/एक टिम छन् । अर्जेन्टिना समूह ‘ए’ को विजेता र ब्राजिल समूह ‘बी’ को विजेता बन्दै फाइनल पुगेका छन् ।

    अर्जेन्टिनाका लागि कप्तान लिओनल मेस्सीले प्रेरणादायी प्रदर्शन गरेका छन् । मेस्सीले सर्वाधिक ४ गोल गरेका छन् । साथै उनले ५ गोलका लागि सहयोगसमेत गरेका छन् । अर्जेन्टिनाले खेलेको ६ खेलमध्ये ४ खेलमा मेस्सी म्यान अफ दि म्याच बनेका छन् ।

    यस पटक मेस्सी गोल्डेन बल र गोल्डेन बुट दुवैको दाबेदारीमा अघि छन् । अर्जेन्टिनाकै लाउटारो मार्टिनेजले ३ गोल गरेका छन् । ब्राजिलका नेयमार र लुका पाक्वेटा तथा अर्जेन्टिनाका अलेजान्द्रो गोमेजले पनि २-२ गोल गरेका छन् ।

    यस्तै अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । समूह चरणमा उनले ३ खेल खेल्दा २ क्लिनसिट र नकआउट चरणमा २ खेल खेल्दा १ क्लिनसिट राखेका छन् । समग्रमा ५ खेल खेल्दा उनले ३ खेलमा गोल खाएका छैनन् । अर्जेन्टिनाले समूह चरणमा बोलिभियाविरुद्ध फ्रांन्को अर्मानीलाई खेलाएको थियो ।

    उता ब्राजिलले भने आफ्ना तीन गोलकिपरलाई नै खेलाएको छ । भेनेजुएलाविदरुद्ध पहिलो खेल एलिसन बेकरले खेल्दै क्लिनसिट राखे । त्यसपछि पेरुविरुदध एडरसनले खेले र उनले पनि क्लिनसिट राखे । तेस्रो खेलमा कोलम्बियाविरुद्ध वेभरटन खेल्दा ब्राजिलले एक गोल खाएको थियो । चौथो खेलमा फेरि एलसिन बेकर नै खेल । उक्त खेल १-१ को बराबरीमा सकिएको थियो । क्वाटरफाइनलमा चिली र रसेमिफाइनलमा पेरुविरुद्ध एडरसन खेले र उनले दुवै खेलमा क्लिनसिट राखे । एडरसनले ३ खेल खेल्दा तीनवटैमा क्लिनसिट राखेका छन् ।

    अर्जेन्टिनाको नतिजा

    विरुद्ध चिली १-१ को बराबरी

    विरुद्ध उरुग्वे १-० को जित

    विरुद्ध पाराग्वे १-० को जित

    विरुद्ध बोलिभिया ४-१ को जित

    क्वाटरफाइनल

    विरुद्ध इक्वेडर ३-० ले विजयी

    सेमिफाइनल

    विरुद्ध कोलम्बिया ३-२ ले विजयी (पेनाल्टी सुटआउट)

    ब्राजिलको नतिजा

    विरुद्ध भेनेजुएला ३-० ले विजी

    विरुद्ध पेरु ४-० ले विजयी

    विरुद्ध कोलम्बिया २-१ ले विजयी

    विद्ध इक्वेडर १-१ को बराबरी

    क्वाटरफाइनल

    विरुद्ध चिली १-० ले विजयी

    सेमिफाइनल

    विरुद्ध पेरु १-० ले विजयी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.