सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्वतको मोदीका ३३ घर पहिराको उच्च जोखिममा


  •    न्युजभित्तो/२२ असार २०७८, मंगलवार ०९:३८ 
  • पर्वत, २२ असार । जिल्लाको मोदी गाउँपालिका–२ मा रहेको कोरुङ्गा सामुदायिक वनमा गएको पहिराका कारण त्यस आसपासका ३३ घर उच्च जोखिममा परेका छन् । करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक्टर जमीन ठाउँ छाडेर लच्किएकाले वन क्षेत्रभन्दा तल रहेका घर तथा कृषि फार्म पुरिने खतरामा परेका छन् । माथिल्लो क्षेत्रका घर पहिरासँगै तानिने जोखिममा रहेका छन् ।

    पातीचौरका स्थानीयवासी तथा शिक्षक वसन्तविक्रम तिमिल्सिनाका अनुसार पहिरो थोरैथोरै गरेर खस्दै गएको छ । वडा नं २ कै सुनचापमा रहेका १४ घर पुरिने खतरामा परेका छन् । यस्तै पहिरो खसेको ठाउँको मुखैमा पर्ने सालघारीका दुई घर र डिहीँका दुई घर गरी १६ घर सबैभन्दा बढी जोखिममा छन् । त्यसबाहेक कानदेउरालीका दुई घर, दोबाटाका तीन घर, डढुवाबारीबाट बढहरेसम्मका करिब १० घर पनि पहिरोले तान्न सक्ने अवस्थामा पुगेको छन् । “त्यहाँको पहिराको अवस्था भनी नसक्नुको छ । केही मात्रामा गएको पहिरो र माथिबाटै लच्किएर आएको जमिनको तल रहेका १४ घर र माथिल्लो क्षेत्रमा रहेका घर उच्च जोखिममा रहेका छन् । पहिराभन्दा तल पातीचौरको क्षेत्रमा लाखौँ लगानी गरिएका कृषि फार्म पनि पुरिने खतरामा छ”, तिमिल्सिनाले भन्न्नुभयो, “वनबाट शुरु भएको पहिराले ठाउँ छाडेर १० मिटरभन्दा बढी तल सरेको छ । वर्षा भएको बेलामा माथिबाट करिब १५ हेक्टर क्षेत्रफलको भाग पूरै बगेर आउने उच्च जोखिम छ ।”

    पहिरो आउन सक्ने तल्लो क्षेत्रमा लाखौँ रुपैयाँ लगानी गरिएका कृषि फार्म पनि छन् । पहिरो झरेमा ती सबै फार्म पुरिएर पूर्ण क्षति हुने स्थानीयवासी सविना सुब्बाले बताउनुभयो । त्यहाँ बङ्गुर, कुखुरा र माछाका फार्म छन् । फार्ममा सुब्बाले रु सात लाख लगानी गर्नुभएको छ । यस्तै सञ्जीवनी सहकारीले रु १४ लाख, तेजबहादुर क्षेत्रीले रु सात लाख र मोदी गाउँपालिकाकै क्याङका युवाले करिब रु १० लाख लगानी गरेका छन् । पहिरोभन्दा तलको क्षेत्र सुनचापमा घर भएका अन्तरे कामीले माथिबाट आउन सक्ने पहिराले कति बेला अँठ्याउने हो भनेर रातभर निदाउन नसक्ने बताउनुभयो । वर्षा भएको दिनमा पहिरो आउन सक्ने डरले भाग्न तयारी अवस्थामा बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

    “माथिबाट पहिरो आएर कतिबेला बगाउने हो भन्ने पिर मात्रै छ । गेगरसहितको सानो पहिरो त गएकै छ, अब पहाडै झरेझैँ आउने अवस्था छ”, उहाँले भन्नुभयो, “पानी पर्दाको रातमा भाग्न तयार भएर बस्नुपरेको छ । निदाउने हो भने पहिरो आएर गाउँ नै लान्छ जस्तो छ, निदाउनै हुँदैन ।”

    पहिरो आउन सक्ने उच्च जोखिमका कारण भने कोरुङ्गा सामुदायिक वन क्षेत्र हुँदै खनिएको करिब १३ किलोमिटर लम्बाइको देउपुर–पातीचौर–लप्सीबोट सडक रहेको स्थानीय बताउँछन् । सडक खन्ने बेलामा भूगर्भविदसहितको प्राविधिक टोलीले अध्ययन गरेको भए पनि सडकमा एकत्रित भएर आउने भलका कारण वनबाट ठूलो क्षेत्रफलको जमीन लच्किएको शिक्षक तिमिल्सिनाले बताउनुभयो । लच्किएको जमीन पहिराका रूपमा झरेमा करिब पाँच किलोमिटर सडकसमेत बग्ने अवस्थामा छ । कालोपत्र र ढलान गरिएको उक्त सडक देउराली, देउपुर र भुक जाने मुख्य सडक हो ।

    मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले पहिराको जोखिममा रहेका नागरिकको ज्यान जोगाउन बस्ती स्थानान्तरण गर्नुको विकल्प नरहेको बताउनुभयो । जमीन लच्किएको ठाउँबाट साना पहिरा हरेक वर्ष खस्दै आएका कारण समस्या भइरहेको भन्दै उहाँले पहिरो रोक्न सक्ने उपाय नै नभएको उल्लेख गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.