सुजिता भण्डारी घटना : स्थानीयद्वारा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सहमतिपछि खुल्ला
न्युजभित्तो/२१ असार २०७८, सोमबार १९:०४
चितवन, २१ असार । सुजिता भण्डारी घण्टनाका सम्बन्धमा स्थानीयले गरेको पूर्व पश्चिम राजमार्ग अवरोध खुलेको छ । राप्ती नगरपालिका वडा नं. ३ निवासी २३ वर्षिया सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयले निष्पक्ष छानविनको माग गर्र्दै आज दिनभर राजमार्ग अवरुद्ध गरेका थिए । बिहान १०ः१५ बजेदेखि अवरुद्ध सडक साँझ ६ बजेपछि सहमति गरी खुलाईएको हो ।
स्थानीयले शव ल्याउँदै गरेको एम्बुलेन्स र प्रहरीको गाडी सहित रोकेर राजमार्ग अवरुद्ध गरेका थिए । सडक अवरोधपछि राजमार्गमा सवारीको लामो लाईन लागेको थियो ।
जनप्रतिनिधि, दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा पीडित पक्षसँग सहमति गरी बाटो खुलाईएको छ । पोष्टमार्टम गरी सत्य तथ्य पत्ता लगाई अपराधीलाई कडाभन्दा कडा कारवाही गर्ने सहमति भएको छ । यसैगरी पोष्टमार्टम गर्दा परिवारका दुई जना, एक जना परिवारले भनेका विज्ञ सहित गर्ने र नेपाल सरकारसँग राहातका लागि अनुरोध गर्ने सहमति भएको जनाईएको छ ।
आईतबार साँझ स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा भण्डारीको शव फेला परेको थियो । उनी असार ११ गतेदेखि हराईरहेकी थिईन् । ११ गते विहान ६ बजे घरबाट हिडेकी भण्डारी सोही दिनदेखि वेपत्ता भएकी थिइन । जंगलमा च्याउ टिप्न गएका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । आईतबार साँझ भेटिएको शव प्रहरीले घटनास्थलमै शिल गरी आज सोमबार बिहान मात्रै मुजुल्का गरी उठाएको हो ।