सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

झापामा असार मसान्तसम्म निषेधाज्ञा थप


  •    न्युजभित्तो/२१ असार २०७८, सोमबार १५:३७ 
  • झापा,२१ असार । झापामा असार मसान्तसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले आज एक सुचना जारी गरि निषेधाज्ञा थप भएको जनाएका हुन । जिल्लामा कोरोना संक्रमण घट्दो क्रममा रहेपनि संक्रमणको जोखिम रहिरहेकाले निषेधाज्ञा थप गरिएको प्रजिअ तिमिल्सिनाले बताए ।

    निषेधाज्ञा अवधिभर खाद्यान्न, तरकारी, फलफुल, मासु, दूध डेरीसँगै पुस्तक पसल, इलेक्ट्रोनिक्स, लत्ताकपडा, घरायसी प्रयोग हुने सामानहरूका पसल ५ बजेसम्म खोल्न पाइने ब्यवस्था गरिएको थियो । मलखाद्य, बीउ बिजन, कुखुराको चल्ला, दाना पशुपंछीको आहारा बोक्ने सवारी साधन तोकिएको गन्तब्य बाहेकका स्थानमा रोक्न तथा अन्य मानिस राख्न नपाउने ब्यवस्था गरिएको छ ।

    होटल तथा अधिकांश पसलहरु बेलुका ५ बजेसम्म खुल्ला गर्न पाइने भएपनि सार्वजनिक सवारीसाधन सञ्चालनमा भने अझै रोक लगाइएको छ । तर नीजि सवारीसाधन भने जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने बताइएको छ । हाट बजार, मेला, जात्रा, महोत्सव आदिमा लगाइएको निषेध पनि कायमै छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.