सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढीपहिराले बगेका विद्युत्का नहर पुनःनिर्माण


  •    न्युजभित्तो/२१ असार २०७८, सोमबार १४:१६ 
  • बलेवा, २१ असार । गत वर्ष बाढीपहिराले बगाएका ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा लघुजलविद्युत् आयोजनामध्ये अधिकांशको नहर पुनःनिर्माण सम्पन्न भएका छन् । केही निर्माणाधीन छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गण्डकी प्रदेश सरकारको बजेटमा ती नहर पुनःनिर्माण गरेको हो ।

    प्रदेश सरकारले पठाएको रु एक करोड १२ लाखबाट डिभिजन कार्यालयले अधिकांश जलविद्युत् आयोजनाको नहर मर्मत गरेको इञ्जिनीयर शङ्कर बुढाथोकीले जानकारी दिनुभयो । गत वर्ष ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीले एकै खोलाका ६ वटा आयोजना बगाएको थियो । वडा नं ५, ६, ७, ८ र ९ का लघुजलविद्युत् आयोजना भुजीखोलाको बाढीपहिराले बगाएपछि अधिकांश बासिन्दा बिजुली बाल्नबाट वञ्चित थिए । डिभिजनमार्फत संरचना बनेपछि अहिले नहर सञ्चालनमा आएका छन् ।

    बगेकामध्ये सैखोला लघुजलविद्युत् आयोजना रु दुई लाखको लागतमा मर्मत भएको हो । वडा नं ६ को गाडीखोला लघुजलविद्युत् आयोजनाको नहर रु तीन लाखमा र वडा नं ७ को भुजीखोला लघुजलविद्युत् आयोजना आठ लाख ५० हजारमा मर्मत भएको हो । संरचना निर्माणमा बजेट खर्च भएको हो भने अन्य काम उपभोक्ताले श्रमदान गरेर बनाएका हुन् । स्थानीय पालिकाले ती आयोजना मर्मतमा लगानी गरेका थिए ।

    “सबैतिरबाट बजेट परिचालन गरेर विद्युत् सञ्चालन गर्न सकियो”, ढोरपाटन नगरपालिका– ५ का अध्यक्ष लक्ष्मण पुनले भन्नुभयो,“कतै अस्थायी, कतै स्थायी संचरना बनाएर बिजुली बालिएको छ ।” बडीगाड गाउँपालिका–८ को चाँचलघाट जलविद्युत् आयोजनाका लागि रु ११ लाख, जैमिनी नगरपालिकाको ठेउले खोलास्थित वडा नं ८ मा दुई लाख, वडा नं ९ र ४ मा चार÷चार लाख, वडा नं १ मा दुई लाख खर्चेर आयोजना मर्मत गरिएको हो । गलकोटको घोम्टेखोलामा रु सात लाख, तल्लो साउने खोलामा रु आठ लाख खर्चेर बिजुली बालिएको छ । तमानखोलामा पनि बाढीले लघुजलविद्युत् अयाोजनामा क्षति पुगेको थियो ।

    तीमध्ये तल्लो तमानखोला लघुजलविद्युत्मा १३ लाख खर्च भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । निसीखोलातर्फ क्षति भएकामध्ये निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनामा रु सात लाख ५० हजार र तेस्रोमा आठ लाख ५० हजार र वायखोलामा रहेको नहर पाँच लाखमा मर्मत भएको हो । त्यस्तै जैमिनीको सुम्साघाट सिँचाइ आयोजना पनि डिभिजनले निर्माण गरेको छ ।

    उक्त आयोजनामा रु ३० लाख खर्चेर नहर चलाइएको डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले बताउनुभयो । डिभिजनले सिँचाइ कुलो निर्माण तर्फपनि लगानी गरेको छ । तर ती आयोजनामा भने ४० प्रतिशत मात्रै प्रगति भएको बताइएको छ । कोरोना कहर, निषेधाज्ञा र हचुवाको भरमा आएका कतिपय योजना कार्यान्वयन कठिनाइ भएकोले प्रगति गर्न नसकिएको पौडेलले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.