सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

म्याराडोनाको फ्रिकिकको कीर्तिमान नजिक मेस्सी


  •    न्युजभित्तो/२१ असार २०७८, सोमबार १३:४५ 
  • काठमाडौँ ,२१ असार । कोपा अमेरिकाको क्वार्टरफाइनलमा इक्वेडरविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै लियोनेल मेस्सीले अर्जेन्टिनालाई जीत दिलाए । बार्सिलोनाका स्टार खेलाडीले उक्त खेलमा दुईवटा गोलको अवसर सिर्जना गरे भने खेलको अन्त्यमा फ्रिकिकबाट उत्कृष्ट गोल पनि गरे ।

    रोचक कुरा, खेलको ९० औँ मिनेटमा उनले गरेको गोल फ्रिकिकबाट उनको ५८ औँ गोल थियो । योसँगै उनी डिएगो म्याराडोनाले बनाएको ६२ फ्रिकिक गोलको अर्जेन्टिनी कीर्तिमान नजिक पुगेका छन् ।

    मेस्सीले फ्रिकिकबाट गरेका ५८ गोलमध्ये बार्सिलोनाका लागि ५० र राष्ट्रिय टोलीका लागि ८ गोल रहेका छन् । मेस्सीले हालसम्म गरेका ७४८ गोलमध्ये ७।७५ प्रतिशत गोल डाइरेक्ट फ्रिकिकबाट आएका छन् । उता म्याराडोनाको ३५३ गोलमध्ये १७ प्रतिशत गोल फ्रिकिकबाट रहेका छन् ।

    क्रिस्टियानो रोनाल्डोले हालसम्म फ्रिकिकबाट ५६ गोल गरेका छन् । यसमध्ये रियल म्याड्रिडका लागि ३२, म्यानचेस्टर युनाइटेडका लागि १३, पोर्चुगलका लागि १० र युभेन्टसका लागि एक गोल रहेका छन् ।

    फ्रिकिकबाट सर्वाधिक गोल गर्ने कीर्तिमान भने ब्राजिलका जुनिन्होको नाममा रहेको छ । उनले ७७ गोल गरेका छन् । दोस्रो स्थानमा ७० गोलसहित पेले रहेका छन् । डेभिड बेकह्यामले फ्रिकिकबाट ६५ गोल गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.