सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जुम्लाको कनकासुन्दरीमा सञ्चारको पहुँच


  •    न्युजभित्तो/२१ असार २०७८, सोमबार १३:१४ 
  • खलङ्गा, २१ असार । जुम्लाको कनकासुन्दरीमा सञ्चारको पहुँच पुगेको छ । जुम्ला सदरमुकाम खलङ्गा पुग्न झण्डै एक दिन लाग्ने कनकासुन्दरी गाउँपालिकाका ग्रामीण बस्ती मालिकाबोला, लेकपुर, नेटा, चौथा, न्याउरीगाडलगायतका गाउँ स्थानीयवासी सञ्चारको पहुँचमा पुगेका छन् ।

    मालिकाबोता र मर्फान्नामा नेपाल टेलिकमको टावर बनेपछि डाँडा चढेर फोन गर्नुपर्ने बाध्यता हटेको स्थानीयवासी रुपा बुढाले बताउनुभयो । पहिला आफन्तसँग कुराकानी गर्न घण्टौं हिँडेर डाँडाकाँडा चढ्नुपथ्र्यो ।

    अहिले घरदैलोमै टेलिफोनको टावर आउँछ । लेखपढ गर्न शहर पुगेका, रोजगारीका लागि कालापहाड हानिएका र अन्य सिलसिलामा घर छाडेकासँग कुरा गर्न सहज भएको स्थानीयवासी गोविन्द बुढाले बताउनुभयो ।

    विगतमा गाउँमा पढेलेखेका कमै हुुन्थे, कसैलाई सूचना र खबर गर्न गाउँबाट मौखिक जानकारी लिएर रैवारे पठाउनुपथ्र्यो पछि विस्तारै चिठ्ठीको प्रयोग हुन थाल्यो, अहिले भने सबैका हातहातमा मोबाइल छ, आवश्यक परेको बेला सहजै कुराकानी गर्न सकिन्छ ।

    कनकासुन्दरी गाउँपालिका–२ का अध्यक्ष शेरबहादुर रावतले भन्नुभयो, “ हिउँद्को समयमा जाडो हुने भएकाले यहाँका धेरैजसो स्थानीयवासी तराई र परदेश जाने हालखबर बुझ्न र कुराकानी गर्ने सहज हुने छ ।’’ गाउँपालिका–१ र २ का दर्जनौं गाउँ यो आर्थिक वर्षमा मात्रै सञ्चारको पहुँचमा पुगेका हुन् । विसं २०६४ मा कनकासुन्दरीको चौथामा टावर निर्माणका लागि सर्भे भयो तर एक दशकसम्म पनि निर्माण भएन ।

    निरन्तर कनकासुन्दीका स्थानीयवासीले खबरदारी गरेपछि गत वर्षको कात्तिकदेखि स्थानीयवासीले फोनको सुविधा लिन पाएको वडा सचिव हरिबहादुर बुढाले बताउनुभयो । अझै पनि जिल्लाको तातोपानी, तिला, पातारासी, हिमा गाउँपालिकालगायतका स्थानीय तहका ग्रामीण बस्ती सञ्चारको पहुँचमा छैनन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.