सुजिता भण्डारीको हत्यारा पत्ता लगाउनुपर्ने मागसहित स्थानीयद्वारा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
न्युजभित्तो/२१ असार २०७८, सोमबार ११:४३
चितवन, २१ असार । मृत भेटिएकी राप्ती नगरपालिकाकी सुजिता भण्डारीको हत्यारा पत्ता लगाउनुपर्ने मागसहित परिवार, आफन्त र स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले घटनाको निष्पक्ष छानविनको माग गर्दै प्रदर्शन गरेका हुन् ।
असार ११ देखि सम्पर्कविहीन भएकी २३ वर्षीया सुजिता भण्डारीको शव हिजो आइतबार साँझ घरबाट चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएको थियो ।
स्थानीयले पूर्व–पश्चिम राजमार्गको झुरझुरेमा सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् । फरेन्सिक चिकित्सकसहितको टोलीले आज विहान घटनास्थलको निरीक्षण गरेपछि शव बोकेर पोष्टमार्टमका लागि भरतपुर अस्पताल जान लागेको एम्बुलेन्सलाई पनि स्थानीयले अवरोध गरेका छन् ।
स्थानीयहरुले प्रमुख जिल्ला अधिकारी आएर घटनाको निष्पक्ष छानविनबारे आश्वस्त पार्नुपर्ने माग गरेका छन् ।