सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालसहित २३ सांसदको हस्ताक्षर फिर्ता गर्न ओलीले दिएको अल्टिमेटम आज सकिँदै


  •    न्युजभित्तो/२१ असार २०७८, सोमबार ११:१२ 
  • काठमाडौं, २१ असार । प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २३ जना सांसदले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज बेलुका ५ बजे सकिँदैछ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा असार १८ गते शुक्रबार बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर आज बेलुकीसम्म फिर्ता लिन निर्देशन दिएको थियो ।

    बैठकले विघटित प्रतिनिधिसभाका माधव कुमार नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको थियो ।

    पार्टीका महासचिव ईश्वर पोखरेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनेर बुझाएको हस्ताक्षर फिर्ता गर्नुपर्ने प्रस्ताव पार्टीको केन्द्रीय कमिटीमा पेस गरेका थिए । महासचिव पोखरेलले प्रस्तुत गरेको प्रस्ताव बैठकले पारित गरेको थियो ।

    अध्यक्ष ओलीले सो बैठकमा बोल्दै हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने बताएका थिए । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेको बोलाइएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने अनुपस्थित थिए भने उपाध्यक्ष वामदेव गौतम भने सहभागी भएका थिए ।

    सोही बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भनेका थिए, “दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न’ उनले भनेका थिए, कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने छुट एमालेका सदस्यलाई छैन ।”ओलीले हस्ताक्षर फिर्ता नगर्नु पार्टी फुटको घोषणा हुने उनले बताएका थिए । ‘… यो कुरा किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु पार्टी फुटेको घोषणा हो’, उनले भनेका थिए ।

    तर हस्ताक्षर फिर्ता नहुने नेपाल समूहले जनाइसकेको छ । ओलीले भने हस्ताक्षर फिर्ता गर्दै एमालेमै रहन वा एमाले छाडेर गठबन्धन रोज्न नेपाल समूहलाई चेतावनी दिएका थिए ।

    यद्यपि प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओली र उपाध्यक्ष भीम रावलवीच प्रधानमन्त्री निवास बालुवाटारमा हिजो आइतबार राति ९ बजेदेखि ओली र रावलबीच करिव डेढ घण्टा कुराकानी भएको छ ।

    लामो समयदेखि एमालेभित्रै प्रधानमन्त्री ओलीको कटु आलोचकका रुपमा स्थापित रावल र ओलीवीच एक्कासी भेटवार्ता हुनुलाई राजनीतिक वृत्तमा चासोको रुपमा हेरिएको छ । वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसंग भेट्न अस्वीकार गरेपछि ओलीले रावलमार्फत् सहमतिको प्रयास गरेका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.