सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओलीको नेपाललाई प्रस्ताब संयुक्त वक्तव्य निकालौ


  •    न्युजभित्तो/२० असार २०७८, आईतवार १३:४४ 
  • काठमाडौं, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरूले असन्तुष्ट नेता माधवकुमार नेपाललाई भेटेर ओली–नेपालको संयुक्त वक्तव्य निकाल्न प्रस्ताव राखेका छन् । आइतबार बिहान ओली पक्षका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल वरिष्ठ नेता नेपालको निवास कोटेश्वर पुगेर नेता नेपालसमक्ष यस्तो प्रस्ताव गरेका हुन् ।

    ‘पार्टी एकताको सन्देश दिन संयुक्त वक्तव्य निकालौँ, त्यसका लागि अध्यक्षसँग एकपटक भेटवार्ता गरौं’, ओली पक्षका नेताहरुले नेता नेपालसँग प्रस्ताव गरेका थिए ।

    उनीहरुको प्रस्तावलाई नेता नेपालले सकारात्मक लिँदै, कार्यदलबाट वक्तव्य ड्राफ्ट पारेर ल्याउन सुझाव दिएका थिए । ‘ठिकै छ । कार्यदल छ, त्यसैलाई व्युँत्याउँदा भइहाल्छ । तपाईहरुले नै प्रस्ताव तयार पारेर ल्याउनुस् ’, नेता नेपालको जवाफ थियो । नेम्वाङ, पौडेल र पोखरेलको साथमा माधव पक्षका नेता घनश्याम भुसालसमेत कोटेश्वरको छलफलमा सहभागी हुनु भएको थियो ।

    भेटमा नेता नेपालले हस्ताक्षर फिर्ताको प्रस्तावबारे आफूले यसअघि नै जवाफ दिइसकेको भन्दै हस्ताक्षर फिर्ताको कुनै सम्भावना नरहेको बताएका थिए ।

    नेता नेपालले पार्टी एकताका लागि निःशर्त जेठ २ फर्कन आफुले राखेको प्रस्तावलाई अध्यक्ष ओलीले वेवास्ता गरेर पार्टी एकता नचाहेको समेत बताएका थिए । त्यस्तै नेता नेपालले ओली पक्षबाट एकताका लागि अर्मूत कुरामात्रै हुने गरेको र जेठ २ मा फर्कने चाहाना नै नराखेको जनाएका थिए ।

    ‘एकता एकता भनेर मात्रै हुदैन, एकताका लागि मूर्त प्रयासहरु हुनुपर्छ । यस्तो अमूर्त कुरा गर्ने, अध्यक्ष आफै द्वन्द्व निम्त्याउने गरी अभिव्यक्ति दिने गरेर कसरी एकता हुन्छ ?’, ओली पक्षका नेताहरुले हस्ताक्षर फिर्ता लिन गरेको आग्रहमा नेपालको भनाई थियो, ‘हस्ताक्षर फिर्ता लिने कुरा सम्भव छैन ।’

    नेता नेपालसँगको छलफलमा सहभागी एक नेताले नेता नेपालको भनाई उधृत गर्दै भन्नुभयो “जेठ २ मा फर्कने भनेपछि त्यसमै फर्कनुपर्छ । अदालतमा पुगेको विषयमा अदालतको निर्णय जे आउछ त्यसलाई मानेर जाने कुरा मात्रै हो ।”

    माधव पक्षका २३ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन् । ओली पक्षले ती सांसदको हस्ताक्षर फिर्ता गरेमात्रै एमाले एकता हुन सक्ने बताएका छन् । नेता नेपाललाई भेटेपछि ओली पक्षका नेता पुनः अध्यक्ष ओलीलाई भेट्न बालुवाटार गएका छन् । यसअघि अध्यक्ष ओलीले शनिबार बसेको बालुवाटार बैठकमा सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता नगरे कारवाही गर्ने चेतावनी दिएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.