संसद विघटनको मुद्धामा सभामुखका कानुन व्यवसायीको वहस सुरु
न्युजभित्तो/२० असार २०७८, आईतवार १२:३८
काठमाडौंः विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा सभामुख अग्नि प्रसाद सापकोटा पक्षका कानुन व्यवसायीको बहस शुरु भएको छ । अधिवक्ता मेघराज पोखरेलले बहस शुरु गनर्स भएको हो ।
सभामुखको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागी २ घण्टा समय छुट्याइएको छ । अधिवक्ता पोखरेलले १ घण्टा बहस गर्ने बताइएको छ ।
पोखरेलपछि सभामुखको तर्फबाट श्रीकृष्ण सुवेदी, बरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, लव कुमार मैनाली र श्याम खरेलले बहस गर्नेछन् ।
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाई गर्ने बेन्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई छन् ।